Door43-Catalog_ne_tn/mat/09/07.md

2.5 KiB

जोड्ने कथन:

येशूले पक्षाघाती मानिसलाई निको पार्नुभएको घटनाको विवरणलाई यस खण्डले अन्त गर्दछ । त्यसपछि येशूले एउटा कर उठाउने व्यक्‍तिलाई उहाँको चेला हुनको निम्ति बोलाउनुहुन्छ ।

कसले दिएको थियो

"किनभने उसले दिएको थियो"

यस्तो अधिकार

पाप क्षमा भए भनेर घोषणा गर्ने अधिकार

येशू त्यहाँबाट जाँदै हुनुहुन्थ्यो

यो वाक्यांशले कथाको नयाँ भागको सुरूवात गर्दछ । यदि तपाईंको भाषामा यसको लागि एक तरीका छ भने, तपाईं यसलाई यहाँ प्रयोग गर्न सक्नुहुन्छ ।

द्वारा पारित

"जाँदै थियो" वा "जाँदैथियो"

मत्ती ... तिनलाई ... तिनी

मण्डली परम्पराले भन्दछ, कि यी मत्ती नै सुसमाचारका लेखक हुन्, तर यस खण्डले “तिनलाई” र “तिनी” भन्‍ने सर्वनामलाई “मलाई” र “म” भन्‍ने सर्वनाममा परिवर्तन गर्ने कुनै कारण दिएको छैन ।”

उहाँले तिनलाई भन्‍नुभयो

“येशूले मत्तीलाई भन्‍नुभयो ।”

तिनी उठे र उहाँको पछि लागे

“मत्ती उठे र येशूको पछि लागे” (युडीबी हेर्नुहोस्) र मत्ती येशूको चेला बने ।

अनुवादका शब्‍दहरू