Door43-Catalog_ne_tn/mat/09/03.md

6.0 KiB
Raw Permalink Blame History

हेर

यसले बृहत् कथामा एउटा अर्को घटनाको सुरुवातको सङ्केत गर्दछ । पहिलेको घटनाका मानिसहरूभन्दा यहाँ फरक मानिसहरू समावेश हुन सक्छन् । यस्तो गर्नको निम्ति तपार्इंको भाषामा कुनै तरिका हुन सक्छ ।

तिनीहरूका माझमा

यसको अर्थ यस्तो हुन सक्छः १) तिनीहरू आफैँ-आफैँमा, वा २) एक अर्कासँग मुखले बोलेर ।

ईश्वरनिन्दा

येशू दाबी गर्दै हुनुहुन्थ्यो कि शास्त्रीहरूले सोचे कि परमेश्वरले मात्र गर्न सक्नुहुन्छ ।

तिनीहरूको विचारलाई थाहा पाउनुभयो

कि त अलौकिक रूपमा वा तिनीहरू एक अर्कासँग कुरा गरिरहेका येशूले देख्‍नुभएर तिनीहरूले के सोचिरहेका थिए भन्‍ने कुरा उहाँले थाहा पाउनुभयो ।

किन तिमीहरू आफ्ना हृदयमा दुष्‍ट विचार गरिरहेका छौ ?

येशूले यो प्रश्‍न शास्‍त्रीहरूलाई डाँट्‍नको निम्ति प्रयोग गर्नुभएको थियो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

दुष्‍ट

यो नैतिक खराबी वा दुष्‍टता हो, वास्तविक रूपमा सामान्य त्रुटि मात्र होइन ।

तिम्रो हृदयमा

यहाँ "हृदय" ले उनीहरूको दिमाग वा बिचार लाई दर्शाउँछ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

कुन कुराचाहिँ भन्‍न सजिलो छ, ‘तिम्रा पाप क्षमा भएका छन् भन्‍न कि उठ र हिँड भन्‍न ?

येशूले शास्त्रीहरूलाई चुनौती दिन एउटा प्रश्न प्रयोग गर्नुभयो। उसको मतलब यो होइन कि एउटा कार्य अरु भन्दा कडा छ । उहाँ शास्त्रीहरूलाई सम्झाइरहनु भएको छ कि तिनीहरू विश्वास गर्छन् जब कुनै व्यक्तिको शरीरलाई निको पार्छ यसको मतलब उसले उनीहरूको पापहरू क्षमा गर्यो। वैकल्‍पिक अनुवादः "किनकि तपाईंलाई थाँहा छ यो भन्नु त्यति नै सजिलो छ, 'तिम्रा पापहरू क्षमा भए,' भन्नु, 'उठ्नुहोस् र हिंड्नुहोस्' ।" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

“तिम्रा पाप क्षमा भएका छन्, भन्‍न सजिलो छ ? कि उठ र हिँड भन्‍नचाहिँ सजिलो छ ?”

यो अप्रत्यक्ष उद्धरणको रूपमा अनुवाद गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः "एक व्यक्तिलाई उसको पापहरू क्षमा भएको बताउन यत्तिको सजिलो छ, ऊ उठेर हिंड्न भन्दछ ।" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-quotations)

तिम्रा पाप क्षमा भएका छन्

यहाँ "तपाइँ" एकवचन हो । यसलाई कर्तृ वाक्‍यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवाद: “मैले तिम्रा पाप क्षमा गरेको छु” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-you]] अनि [[rc:///ta/man/translate/figs-activepassive]])

तर ... तिमीहरूले जान्‍न सक

“म तिमीहरूका अगि प्रमाणित गर्नेछु ।” शब्द “तिमीहरू” बहुवचन हो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-you)

तिम्रो चियाई ... तपाईको घर

यहाँ "तपाईं" एकवचन हो। (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-you)

आफ्नो घर जाऊ

येशूले त्यो मानिसलाई अरू कुनै ठाउँमा जानको निम्ति मनाही गर्नुभएको होइन । उहाँले त्यो मानिसलाई घर जानको निम्ति मौका दिनुभएको हो ।

अनुवादका शब्‍दहरू