Door43-Catalog_ne_tn/mat/08/18.md

3.7 KiB

जोड्ने कथन:

यहाँ दृश्य परिवर्तन हुन्छ र उहाँको अनुसरण गर्न चाहने केही व्यक्तिलाई येशूको प्रतिक्रियाको बारेमा बताउँछ ।

अब

यो शब्द यहाँ मुख्य कहानी मा एक ब्रेक मार्क गर्न प्रयोग भएको छ । यहाँ म्याथ्युले कथाको नयाँ भाग भन्न थाल्छ ।

उहाँले ... निर्देशन दिनुभयो

“उहाँले तिनीहरूलाई के गर्नुपर्छ भन्‍ने कुरा बताउनुभयो ।”

त्यसपछि

येशूले “निर्देशन दिनुभए” पछि, तर उहाँ डुङ्गामा प्रवेश गर्नुभन्दा अगि (युडीबी हेर्नुहोस्) ।

जहाँपनि

“कुनै पनि ठाउँमा”

स्‍यालहरूका दुला छन्‌, र आकाशका चराचुरूङ्गीहरूका गुँडहरू छन्‌

येशूले यस उखानको साथ जवाफ दिनुहुन्छ । यसको मतलब जंगली जनावरहरू पनि विश्राम गर्न कतै जान्छन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-proverbs)

स्‍यालहरू

स्यालहरूचाहिँ कुकुरहरूजस्तै जनावरहरू हुन् जसले गुँडका चराहरू र अरू साना जनावरहरू खान्छन् । यदि तपार्इंको क्षेत्रमा स्यालहरू अपरिचित छन् भने, कुकुरहरूजस्तै जनावरहरू वा अरू रौँ भएका जनावरहरूलाई जनाउने कुनै साधारण शब्दको प्रयोग गर्नुहोस् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-unknown)

दुलाहरू

स्यालहरूले बस्‍नको निम्ति जमिनमा दुला पार्दछन् । “स्यालहरू” को सट्टामा तपार्इंले प्रयोग गर्नुभएको जनावर बस्‍ने ठाउँको निम्ति उचित शब्द प्रयोग गर्नुहोस् ।

मानिसको पुत्र

येशू आफ्नो बारेमा कुरा गर्दै हुनुहुन्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-123person)

आफ्नो शिर राख्‍ने ठाउँ कहीँ छैन

यसले सुत्ने ठाउँलाई जनाउँछ । वैकल्पिक अनुवाद: “सुत्‍नको निम्ति उहाँको आफ्नै ठाउँ छैन ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-idiom)

अनुवादका शब्‍दहरू