Door43-Catalog_ne_tn/mat/08/16.md

4.2 KiB

जोड्ने कथन:

यहाँ त्यो दृश्य पछिल्लो साँझमा सर्छ र येशूले धेरै मानिसहरूलाई निको पार्दै र भूतहरू धपाउने कुरा बताउनुहुन्छ ।

सामान्य जानकारी:

पद १७ मा लेखकले यशैया अगमवक्ताको भनाइ उद्धृत गरे कि येशूको निको पार्ने सेवाकार्य भविष्यवाणीको पूर्ति थियो भनेर देखाउन ।

साँझ

यहूदीहरूले शबाथको दिनमा काम वा यात्रा नगर्ने हुनाले तिनीहरूले मानिसहरूलाई येशूकहाँ ल्याउनको निम्ति साँझसम्म पर्खे । गलत अर्थ नआउन दिनको निम्ति बाहेक यहाँ तपार्इंले शबाथ भनेर उल्लेख गर्नआवश्यक छैन । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

धेरै जसलाई भूतहरूले सताएको थियो

यसलाई कर्तृ वाक्‍यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः "धेरै व्यक्तिहरू जसलाई प्रेतहरू थिए" वा "धेरै व्यक्तिहरू जसलाई प्रेतहरूले नियन्त्रण गरेका थिए" । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

उहाँले एउटै वचनबाट भूतात्‍माहरूलाई बाहिर निकाल्नुभयो

यहाँ "वचन" भनेको कमाण्ड हो। वैकल्‍पिक अनुवादः "उनले आत्माहरूलाई छोडिदिनू भने" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

यशैया अगमवक्‍ताद्वारा भनिएको यस्तो वचन पुरा भयो

यसलाई कर्तृ वाक्‍यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवाद: “परमेश्‍वरले इस्राएलीहरूका माझमा प्रकट गर्नको निम्ति यशैया अगमवक्‍तालाई भन्‍नुभएको अगमवाणीलाई येशूले पुरा गर्नुभयो ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

हाम्रा बिमारीहरू लिनुभयो र हाम्रा रोगहरू वहन गर्नुभयो

मत्ती अगमवक्ता यशैयाको भनाइ उद्धृत गर्दैछ । यी दुई वाक्यांशको मूल रूपमा एउटै कुरा हो र यसले हाम्रो सबै रोगहरू निको पार्छ भनेर जोड दिन्छ । वैकल्पिक अनुवाद: “मानिसहरूलाई बिमारी अवस्थाबाट स्वतन्त्र गर्नुभयो र तिनीहरूलाई निको पर्नुभयो ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-parallelism)

अनुवादका शब्‍दहरू