Door43-Catalog_ne_tn/mat/08/11.md

6.3 KiB

तिमीहरू

यो शब्दले “उहाँलाई पछ्याउने व्यक्‍तिहरूलाई” जनाउँछ (मत्ती ८:१०) र यसैकारण यो बहुवचन हो ।(./08.md). (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-you)

पूर्व र पश्‍चिमबाट

"पूर्व" र "पश्चिम" को विपरित प्रयोग गर्नु "जहाँसुकै" भन्ने तरिका हो । यसलाई यसरी अनुवाद गर्न सकिन्छ, “सबै ठाउँबाट” वा “टाढा-टाढाका सबै दिशाबाट ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-merism)

भोजमा बस्‍नेछन्

त्यस संस्कृतिमा खाना खाने समयमा सबै मानिस मेचसँगै बस्‍दथे । परिवार र साथीहरूको रूपमा सँगै बस्‍ने कुरालाई जनाउनको निम्ति यो रीतिलाई लाक्षणिक रूपमा प्रयोग गरिएको छ । परमेश्वरको राज्यमा रमाहट बारम्बार भनिन्छ किनकि त्यहाँका मानिसहरूले भोज खाइरहेका थिए । यसलाई यसरी अनुवाद गर्न सकिन्छ, “एक अर्कासँग परिवार र साथीहरूको रूपमा बस्‍नेछन् ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

स्वर्गको राज्यमा

यहाँ "स्वर्गको राज्य" ले परमेश्वरको शासनलाई राजा भनेर संकेत गर्दछ। "स्वर्गको राज्य" भन्ने वाक्यांश केवल मत्तीको पुस्तकमा प्रयोग भएको छ। यदि सम्भव छ भने, तपाईंको अनुवादमा "स्वर्ग" राख्नुहोस्। वैकल्‍पिक अनुवादः "जब स्वर्गमा हाम्रा परमेश्‍वरले उहाँ राजा हुनुहुन्छ भनेर देखाउँदछ" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

राज्‍यका छोराहरू ... फालिनेछन्

यसलाई कर्तृ वाक्‍यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवाद: “परमेश्‍वरले राज्यका छोराहरूलाई ... फाल्नुहुनेछ ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

राज्यका छोराहरू

पदावली “का छोराहरू” ले कुनै कुराको सदस्य हुनु वा कहीँ संलग्‍न हुनु भन्‍ने कुरालाई जनाउँछ, र यहाँचाहिँ यसले परमेश्‍वरको राज्यलाई जनाउँछ । यहाँ एउटा व्यङ्ग्य पनि पाइन्छ किनभने “छोराहरू” बाहिर फालिनेछन् तर अजानहरूलाई स्वागत गरिनेछ । यसलाई यसरी अनुवाद गर्न सकिन्छः “तिनीहरू जसले परमेश्‍वरलाई तिनीहरूमाथि शासन गर्नलाई अनुमति दिनुपर्ने थियो” (युडीबी हेर्नुहोस्) । (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-idiom]] अनि [[rc:///ta/man/translate/figs-irony]])

बाहिर अन्धकार

यस पदावलीले परमेश्‍वरलाई इन्कार गर्नेहरूको अनन्तको गन्तव्यलाई जनाउँछ । वैकल्पिक अनुवाद: “परमेश्‍वरबाट टाढा त्यस अन्धकारमय ठाउँ ।” वा "नरक" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

विलाप र दाँत पीस

यसले चरम दुःख र पीडितलाई प्रतिनिधित्व गर्दछ ।

तिमीले विश्‍वास गरेजस्‍तै तिम्रो निम्ति गरियोस्

यसलाई कर्तृ वाक्‍यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवाद: “म तिम्रो निम्ति त्यस्तै गर्नेछु ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

तिनको नोकर निको भयो

यसलाई कर्तृ वाक्‍यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवाद: “येशूले तिनको नोकरलाई निको पार्नुभयो ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

त्यही घडी

“येशूले त्यस नोकरलाई निको पार्नेछु भनी भन्‍नुभएको समयमा नै ।”

अनुवादका शब्‍दहरू