Door43-Catalog_ne_tn/mat/04/21.md

1.7 KiB

जोड्ने कथन:

येशूले अरू धेरै मानिसहरूलाई आफ्ना चेलाहरू हुन बोलाउनुहुन्छ ।

उहाँले तिनीहरूलाई बोलाउनुभयो

“येशूले यूहन्‍ना र याकूबलाई बोलाउनुभयो ।” यो वाक्यांशले यो पनि अर्थ दिन्छ, कि येशूले तिनीहरूलाई उहाँलाई पछ्याउन, उहाँसँग बस्‍न, र उहाँका चेलाहरू हुनको निम्ति बोलाउनुभयो ।

तुरुन्तै

“त्यही क्षणमा नै”

उनीहरूले ... डुङ्गा ... लाई छोडी उहाँको पछि लागे

यो स्पष्‍ट होस्, कि यो एउटा जीवनको परिवर्तन हो । यी मानिसहरू अब उप्रान्त मछुवाहरू हुनेछैनन् र तिनीहरूका बाँकी जीवनभरि येशूलाई पछ्याउन तिनीहरूले आफ्नो पारिवारिक व्यवसाय त्यागेका छन् ।

अनुवादका शब्‍दहरू