Door43-Catalog_ne_tn/mat/04/10.md

1.8 KiB

जोड्ने कथन:

यो सैतानले येशूलाई कसरी प्रलोभनमा पार्‍यो भन्ने कथाको अन्त हो ।

सामान्य जानकारी:

पद १० मा येशूले शैतानलाई व्यवस्थाबाट अर्को उद्धरणको साथ हप्काउनुभयो ।

किनभने यस्तो लेखिएको छ

यसलाई कर्तृ वाक्‍यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः "किनभने धर्मशास्त्रमा मोशाले पनि लेखेका थिए" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

तपाईंले आराधना गर्नुहुनेछ ... तपाईंले सेवा गर्नुहुनेछ

"तपाईं" को दुबै उदाहरणहरू एकवचन हो, यसलाई सुन्ने सबैलाई आदेश। (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-you)

हेर

यहाँ प्रयोग गरिएको शब्द “हेर” ले अब आउन लागेका महत्त्वपूर्ण नयाँ जानकारीहरूको बारेमा ध्यान केन्द्रित गर्न हामीलाई सतर्क गराउँदछ ।

अनुवादका शब्‍दहरू