Door43-Catalog_ne_tn/mat/04/05.md

3.8 KiB

सामान्य जानकारी:

पद ६ मा सैतानले येशूलाई प्रलोभनमा पार्न भजनसंग्रहबाट उद्धृत गरेको छ ।

यदि तपार्इं परमेश्‍वरका पुत्र हुनुहुन्छ भने, तल हाम फाल्नुहोस्

येशू परमेश्‍वरका पुत्र हुनुहुन्छ भन्‍ने कुरा शैतानलाई थाहा थियो भनेर मानिलिनु सम्भवतः उत्तम हुन्छ । यसको अर्थ यस्तो हुन सक्छः (१) उहाँको आफ्नै फाइदाको निम्ति आश्‍चर्यकर्महरू गर्ने एउटा परीक्षा । वैकल्पिक अनुवाद: “तपार्इं परमेश्‍वरका पुत्र हुनुभएको कारण, तपार्इं तल हाम फाल्न सक्‍नुहुन्छ” वा (२) एउटा चुनैती वा अभियोग । वैकल्पिक अनुवाद: “तल हाम फालेर तपार्इं परमेश्‍वरका पुत्र हुनुहुन्छ भन्‍ने कुरालाई प्रमाणित गर्नुहोस्” (युडीबी हेर्नुहोस्)

परमेश्‍वरका पुत्र

यो एक महत्त्वपूर्ण शीर्षक हो जुन परमेश्वर र येशूको बिचको सम्बन्धको वर्णन गर्दछ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/guidelines-sonofgodprinciples)

तल हाम फाल्नुहोस्

"आफैलाई भुइँमा खस्न दिनुहोस्" वा "तल हाम फाल्नुहोस्"।

किनकि यो लेखिएको छ

यसलाई कर्तृ वाक्‍यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः "लेखकले धर्मशास्त्रमा लेखेका लागि" वा "यो धर्मशास्त्रमा भन्छ" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

उहाँले तपार्इंको ख्याल गर्न आफ्ना स्वर्गदूतहरूलाई आज्ञा गर्नुहुनेछ

“तपार्इंको ख्याल गर्न परमेश्‍वरले आफ्ना स्वर्गदूतहरूलाई आज्ञा गर्नुहुनेछ” यो प्रत्यक्ष उद्धरणको साथ अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवाद: “परमेश्‍वरले आफ्ना स्वर्गदूतहरूलाई यस्तो भन्‍नुहुनेछ, ‘यिनको ख्याल गर्नू’ ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-quotations)

तिनीहरूले तिमीलाई माथि उठाउनेछन्

"स्वर्गदूतहरूले तिमीलाई समात्नेछन्"

अनुवादका शब्‍दहरू