Door43-Catalog_ne_tn/mat/01/intro.md

3.0 KiB

मत्ती ०१ सामान्य टिपोटहरू

संरचना र ढाँचा

केही अनुवादहरूले पुरानो करारका उद्धरणहरूलाई अलग राख्‍न रोज्‍छन् । यूएलबी र अरू धेरै अङ्ग्रजी अनुवादहरूले १:२३ का पङ्क्तिहरूलाई अलग राख्‍छन्, जुन पुरानो करारबाटको एक उद्धरण हो ।

यस अध्यायमा भएका विशेष अवधारणाहरू

वंशावली

वंशावली भनेको एउटा सूची हो जसले कुनै व्यक्तिको पूर्खाहरू वा सन्तानहरूको अभिलेख राख्छ । त्यस्ता सूचीहरू राजा हुने अधिकार कसको छ भन्‍ने कुरा निर्धारण गर्न धेरै महत्त्वपूर्ण थिए, किनभने राजाको अधिकार सामान्यतया उनको पिताबाट आएको वा उत्तराधिकार पाएको हुन्थ्यो । कुनै महत्त्वपूर्ण व्यक्तिको अभिलिखित वंशावली हुने भनेको सामान्य कुरा पनि थियो ।

यस अध्यायमा भएका महत्त्वपूर्ण भाषाका अलङ्कारहरू

कर्म वाच्यको प्रयोग

येशू शारीरिक सम्बन्धबाट गर्भधारण हुनुभएको थिएन भन्‍ने कुराको सङ्केत गर्ने उद्देश्‍यसहित यस अध्यायमा कर्म वाच्यको प्रयोग गरिएको छ । यहाँ, कर्म वाच्यले पवित्र आत्मालाई मरियमको येशूको गर्भधारणलाई सुरु गर्नुहुने व्यक्तिको रूपमा प्रस्तुत गर्छ । किनकि धेरै भाषाहरूले कर्म वाच्यको प्रयोग गर्दैनन्, अनुवादकहरूले उही सत्यताहरू प्रस्तुत गर्ने अन्य तरिकाहरू खोज्‍नुपर्ने हुन सक्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

सम्बन्धित खण्‍डहरूः

| >>