Door43-Catalog_ne_tn/mat/01/22.md

3.0 KiB

सामान्य जानकारीः

येशूको जन्म धर्मशास्त्र अनुसार थियो भनेर देखाउन लेखकले यशैया अगमवक्ताको भनाइ उद्धृत गरे। (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-background)

यो सबै भयो

स्वर्गदूत अब बोल्दै छैनन्। मत्ती अब स्वर्गदूतले भनेको कुराको महत्त्व बताउँदैछ।

अगमवक्‍ताद्वारा परमप्रभुले बोल्नुभएको यस्तो भनाइ

यसलाई कर्तृवाच्यमा यसरी व्यक्‍त गर्न सकिन्छ, “जुन कुरा परमप्रभुले लामो समयअगि नै यशैया अगमवक्‍तालाई लेख्‍न भन्‍नुभयो ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

अगमवक्ता

त्यहाँ धेरै अगमवक्ताहरू थिए। मत्ती यशैयाको कुरा गरिरहेका थिए । वैकल्‍पिक अनुवादः "यशैया अगमवक्ता" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

हेर ... इम्मानुएल

येशूको जन्म हुने थियो भनेर गरिएको अगमवाणीलाई मत्तीले उल्लेख गर्दछन् ।

हेर, कन्या

“हेर” वा “सुन” वा “मैले जे भन्‍न गइरहेको छु, त्यस कुरामा ध्यान देऊ ।” यस शब्दले अर्को कुरालाई जोड दिन्छ ।

इमानुएल

यो एक पुरुष नाम हो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-names)

जसको अर्थ हो, "परमेश्वर हामीसँग हुनुहुन्छ"

यो यशैयाको पुस्तकमा छैन । मत्ती "इम्मानुएल" को अर्थको व्याख्या गर्दैछ । तपाईं यसलाई छुट्टै वाक्यको रूपमा अनुवाद गर्न सक्नुहुनेछ । वैकल्‍पिक अनुवादः "यस नामको अर्थ 'हामीसँग परमेश्वर हुनुहुन्छ"

अनुवादका शब्‍दहरू