Door43-Catalog_ne_tn/mat/01/18.md

4.0 KiB

सामान्य जानकारी:

यो कथाको नयाँ अंश सुरु हुन्छ जसमा लेखकले येशूको जन्म सम्मका घटनाहरू वर्णन गर्दछन्।

मरियमको योसेफसँग विवाहको निम्ति मगनी भएको थियो

"उनकी आमा मरियमले यूसुफलाई विवाह गर्न लागेकी थिइन।" सामान्यतया, बाबु आमाले आफ्ना छोराछोरीहरूको विवाह मिलाइदिन्थे । वैकल्‍पिक अनुवादः "येशूकी आमा मरियमका आमा-बुबाले उनलाई यूसुफसँग विवाह गर्ने वाचा गरेका थिए" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

उहाँकी आमा मरियम मगनी भइन्

यसरी अनुवाद गर्नुहोस् कि यसले यो कुरा स्पष्ट पार्दछ कि येशू मरियमको जोसेफसँग विवाह भएको थियो। वैकल्‍पिक अनुवादः "मरियम, जो येशूको आमा हुन, सगाई" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

उनीहरूको सहवास हुनुभन्दा अगाडि

"उनीहरूको विवाह हुनु अघि।" यसले मरियम र यूसुफ सँगै सुतिरहेकोलाई संकेत गर्न सक्छ। वैकल्पिक अनुवाद: “तिनीहरूले शारीरिक सम्बन्ध राख्‍नुभन्दा अगाडि ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-euphemism)

तिनी ... गर्भवती भएकी थाहा हुन आयो

यसलाई कर्तृ वाक्‍यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवाद: “तिनी बालक जन्माउने भएकी छिन् भन्‍ने कुरा तिनीहरूले महसुस गरे ।” वा "यो गर्भवती भएको कुरा भयो" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

पवित्र आत्माद्वारा

पवित्र आत्माले मरियमलाई बालक जन्माउनको निम्ति सक्षम बनाउनुभयो ।

उनको पति, यूसुफ

यूसुफले मरियमसँग विवाह गरेका थिएनन्, तर जब एक पुरुष र महिलाले एक अर्कालाई विवाह गर्ने वाचा गरेका थिए, यहूदीहरू उनीहरूलाई पति र पत्नी ठान्थे उनीहरू सँगै नबसे पनि। वैकल्‍पिक अनुवादः "यूसुफ, जसले मरियमलाई विवाह गर्नु पर्ने" वा "यूसुफ" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

उनीसँगको सगाई समाप्त गर्नुहोस्

"विवाह गर्न को लागी तिनीहरूको योजना रद्द गर्नुहोस्"

अनुवादका शब्‍दहरू