Door43-Catalog_ne_tn/luk/24/36.md

2.8 KiB

सामान्य जानकारीः

येशू आफ्ना चेलाहरूसामु देखा पर्नुहुन्छ। ती दुई जना मानिस पहिले एघार जना भएको घरमा आइपुगेपछि येशू उनीहरूसँग हुनुहुन्नथ्यो।

येशू आफैँले

“आफैँ” शब्दले येशू र वास्तवमै येशू तिनीहरूकहाँ देखा पर्नुभएको कुराको आश्‍चर्यलाई जोड दिन्छ । धेरैजसोले उहाँको पुनरुत्थानपछि उहाँलाई देखेका थिएनन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rpronouns)

तिनीहरूका बीचमा

“तिनीहरूका माझमा”

तिमीहरूलाई शान्ति होस्

व" वा “परमेश्‍वरले तिमीहरूलाई शान्ति दिऊन् !” (युडीबी) “तिमी” शब्द बहुवचन हो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-you)

तर तिनीहरू डराए

"तर" कडा विषमताचाहिन्छ। येशूले उनीहरूलाई शान्त गराउन भन्नुभएको थियो तर उनीहरू डराए।

भयभीत र डरले भरिएर

“अचम्मित र डराएका ।” (युडीबी) यी दुई वाक्यांशहरूको अर्थ एउटै कुरा हो, र उनीहरूको डरलाई जोड दिनको लागि प्रयोग गरिन्छ। (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-doublet)

तिनिहरूले कुनै आत्मालाई देखे भनी विचार गरे

"तिनीहरूले सोचे कि तिनीहरूले प्रेत देखिरहेछन्।" येशू वास्तवमै जीवित हुनुभएको थियो भनी तिनीहरूले साँचो रूपमा अझै बुझेनन् ।

एउटा आत्मा

यहाँ यसले मरेको व्यक्तिको आत्मालाई जनाउँछ ।

अनुवादका शब्‍दहरू