Door43-Catalog_ne_tn/luk/24/30.md

5.0 KiB

यो भयो

कथाको महत्वपूर्ण घटनालाई चिन्ह लगाउन यो वाक्यांश यहाँ प्रयोग भएको छ। यदि तपाईंको भाषामा यसको लागि एक तरीका छ भने, तपाईं यसलाई यहाँ प्रयोग गर्न सक्नुहुन्छ।

रोटी

यसले खमिरविना तयार पारिएको रोटीलाई जनाउँछ । यसले सामान्य खानेकुरालाई जनाउँदैन ।

त्यसलाई आशिष्‌‌ दिनुभयो

“त्यसको लागि धन्यवाद दिनुभयो” वा “त्यसको लागि परमेश्‍वरलाई धन्यवाद दिनुभयो”

तब तिनीहरूका आँखा खुले

तिनीहरूको "आँखा" तिनीहरूको समझ प्रतिनिधित्व गर्दछ।यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “तब तिनीहरूले बुझे” वा “तब तिनीहरूले चाल पाए” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-metonymy]] अनि [[rc:///ta/man/translate/figs-activepassive]])

तिनीहरूले उहाँलाई चिने

"तिनीहरूले उहाँलाई चिने।" यी चेलाहरूले उहाँलाई आफ्नो मृत्यु हुनुभन्दा अघि चिन्थे।

उहाँ तिनीहरूका दृष्‍टिबाट हराउनुभयो

यसको तात्पर्य हुन्छ कि उहाँ अचानक त्यहाँ हुनुहुन्‍नथ्यो । यसको मतलब उहाँ अदृश्‍य हुनुभयो भनेको होइन ।

... धर्मशास्‍त्र ... के हाम्रा हृदय हामीभित्रै प्रज्वलित भइराखेको थिएन र ?

येशूसँग तिनीहरूको भेटको बारेमा तिनीहरू कत्ति छक्क परे भनेर जोड दिन उनीहरूले एउटा प्रश्न प्रयोग गर्छन्। वैकल्‍पिक अनुवादः “ ... धर्मशास्‍त्र ... हाम्रा हृदय हामीभित्र प्रज्वलित भइरहेको थियो ।” (युडीबी) (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

के हाम्रा हृदय हामीभित्रै प्रज्वलित भइराखेको थिएन र

येशूसँग कुरा गर्दा उनीहरूले पाएका गहिरो भावनाहरू तिनीहरू भित्र बल्दो आगोको रूपमा बोलेको थियो। वैकल्‍पिक अनुवादः "जब उहाँ हामीसँग कुरा गर्दै हुनुहुन्थ्यो हामीसँग त्यस्तो तीव्र भावनाहरू थिए" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

हामीभित्रै

ती दुई मानिसहरू एक-अर्कासँग कुरा गरिरहेका थिए । शब्द "हामी" दोहोरो समावेशी भाषाहरूका लागि छन् जुन यी भिन्नताहरू बनाउँदछ। (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-pronouns]] अनि [[rc:///ta/man/translate/figs-inclusive]])

उहाँले हामीलाई धर्मशास्‍त्र खोलिदिनुहुँदा

येशूले कुनै पुस्‍तक वा चर्मपत्र खोल्नुभएन । "खोलिएको" ले उनीहरूको बुझाइ बुझाउँछ। वैकल्‍पिक अनुवादः “जब उहाँले हामीलाई धर्माशास्‍त्र व्याख्या गर्नुभयो” वा "जब उनले हामीलाई धर्मशास्त्रहरू बुझ्न सक्षम गरे"

अनुवादका शब्‍दहरू