Door43-Catalog_ne_tn/luk/24/06.md

3.3 KiB

जोड्ने कथनः

स्वर्गदूतहरूले आइमाईहरूसित बोल्छन्।

तर उठाइयो!

"तर ऊ फेरि जीवित भयो!" यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः "किनभने परमेश्वरले उनलाई फेरि जीवित पार्नुभयो!" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

... कसरी ... सम्झ

“ ... के ... सम्झ”

तिमीहरूलाई

“तिमीहरू” बहुवचन हो । यसले ती स्‍त्रीहरू र थप अरू चेलाहरूलाई जनाउँछ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-you)

... कि मानिसका पुत्र

यो अप्रत्यक्ष उद्धरणको सुरुवात हो । यसलाई युडीबीमा जस्तै प्रत्यक्ष कथनमा पनि अनुवाद गर्न सकिन्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-quotations)

मानिसको पुत्रलाई पापीहरूको हातमा सुम्पिइनेछ र क्रूसमा टाँगिनु पर्छ

“ ... हुनैपर्छ” भन्‍ने पदावलीको अर्थ हुन्छ कि यो त्यस्तो कुरो हो जुन निश्‍चय नै हुनेछ किनभने परमेश्‍वरले यो हुनेछ भनी अगि नै निर्णय गर्नुभएको थियो । वैकल्‍पिक अनुवादः "तिनीहरूले क्रूसमा टाँग्न सकून् भनेर तिनीहरूले मानिसको पुत्रलाई पापी मानिसहरूका हातमा सुम्पनु आवश्यक थियो" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

… का हातमा

यहाँ “हात” ले शक्ति वा नियन्त्रणलाई जनाउँछ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

तेस्रो दिन

यहूदीहरूले दिनको कुनै पनि अंशलाई दिनको रूपमा गन्ती गरे। त्यसकारण, येशू बौरिउठाइएको दिन "तेस्रो दिन" थियो किनकि यो उहाँको चिहान र शबाथ दिनको पछि आयो। (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-ordinal)

अनुवादका शब्‍दहरू