Door43-Catalog_ne_tn/luk/15/17.md

3.3 KiB

ऊ होसमा आयो

यो उपमाको अर्थ “उसको चेतना आयो” भन्‍ने हुन्छ । वैकल्पिक अनुवादः “स्‍पष्‍ट रूपमा उसको परिस्थिति बुझ्यो” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-idiom)

कसरी मेरा बुबाका कति धेरै सेवकहरूसँग प्रशस्त खानेकुरा छन्

यो एउटा आश्‍चर्यको अंश हो र प्रश्‍न होइन । वैकल्पिक अनुवादः “मेरा पिताका ज्यालामा काम गर्नेहरूलाई चाहिएभन्दा बढी खानेकुराहरू मिल्छ” (युडीबी)

भोकभोकै मरिरहेको छु

यो सम्भवतः अतिशयोक्ति होइन । निश्‍चय नै, ती जवान भोकले व्याकुल नै परिरहेका हुन सक्छन् ।

मैले स्वर्गको विरुद्धमा पाप गरेको छु

यहूदीहरूले कहिलेकाहीँ “परमेश्‍वर” शब्द प्रयोग नगरी “स्‍वर्ग” शब्द प्रयोग गर्थे । वैकल्पिक अनुवादः “मैले परमेश्‍वरको विरुद्धमा पाप गरेको छु” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

म तपाईंको छोरा भनिन योग्य छैन

“म तपाईंको छोरा कहलिन लायकको छैनँ ।” यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः"म तपाईंलाई छोरा बोलाउन योग्यको छैन"(हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

अब योग्य छैन

"अब योग्य छैन।" यसको मतलब यो हो कि विगतमा उनी योग्य थिए, तर अब उनी थिएनन्।

मलाई तपाईंका सेवकहरूमध्ये एक नोकर बनाउनुहोस्

“मलाई काम गर्नेको रूपमा ज्यालामा राख्‍नुहोस्” वा “मलाई ज्यालामा राख्‍नुहोस् र म तपाईंका नोकरहरूमध्ये एउटा हुनेछु ।”यो अनुरोध हो, आदेश होइन। यो "कृपया" थप्न सहयोगी हुन सक्छ UDB गरे जस्तै।

अनुवादका शब्‍दहरू