Door43-Catalog_ne_tn/luk/13/34.md

5.5 KiB

जोड्ने कथनः

येशूले फरिसीहरूलाई जवाफ दिनुहुन्छ। यो कथाको यस अंशको अन्त हो।

यरूशलेम, यरूशलेम

यरूशलेमका मानिसहरूले त्यहिँ नै सुनिरहेका छन् जस्तै गरी येशू बोल्नुहुन्छ । येशू तिनीहरूका निम्ति कति दुःखित हुनुहुन्छ भनी देखाउनलाई येशूले यो दुई पटक भन्‍नुभयो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-apostrophe)

जसले अगमवक्ताहरूलाई मार्छ, र आफूकहाँ पठाइएकाहरूलाई ढुङ्गाले हान्‍छ

यदि सहरलाई सम्बोधन गर्नु असजिलो भयो भने, येशूले वास्तवमा सहरका मानिसहरूलाई सम्बोधन गरिरहनुभएको थियो भन्‍ने कुरालाई स्‍पष्‍ट पार्न सक्‍नुहुन्छः “अगमवक्ताहरूलाई मार्ने र तिमीहरूकहाँ पठाइएकाहरूलाई ढुङ्गाले हान्‍ने तिमी मानिसहरू” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

ती तपाईंलाई पठाईयो

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः "ती परमेश्वर तपाईंलाई पठाउनुभएको हो" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

म कति पटक चाहान्छु

"म प्रायः चाहान्छु।" यो एक उद्गार र कुनै प्रश्न होईन।

तेरा सन्तानहरूलाई बटुल्न

यरूशलेमका मानिसहरु उनीहरुका "बच्चाहरु" भनेर वर्णन गरिएको छ." वैकल्पिक अनुवादः “तिम्रा मानिसहरूलाई बटुल्न” वा “यरूशलेमका मानिसहरूलाई बटुल्न” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

एउटा पोथीले आफ्ना चल्लाहरूलाई आफ्नो पखेटामुनि बटुले झैँ

यसले कसरी एउटा पोथीले त्यसका चल्लाहरूलाई आफ्नो पखेटाले ढाकेर हानि हुनबाट सुरक्षा गर्छ भन्‍ने कुराको वर्णन गर्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

तेरो घर त्यागिएको छ

यो चाँडै हुन गइरहेको घटनाको बारेमा भएको एउटा भविष्‍यवाणी हो । यसको तात्पर्य हुन्छ कि परमेश्‍वरले यरूशलेमका मानिसहरूलाई सुरक्षा दिन छोड्नुभएको छ, त्यसैले शत्रुहरूले तिनीहरूलाई आक्रमण गर्न सक्‍नेछन् र तिनीहरूलाई लखेट्न सक्छन् । सम्भावित अर्थहरू हुन् १) परमेश्‍वरले तिनीहरूलाई त्याग्‍नुहुनेछ । वैकल्पिक अनुवादः “परमेश्‍वरले तिमीहरूलाई त्याग्‍नुहुनेछ” वा २) तिनीहरूको सहर रित्तो हुनेछ । वैकल्पिक अनुवादः “तिमीहरूका घरहरू त्यागिनेछन्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

तिमीहरूले यसो नभनेसम्म तिमीहरूले मलाई देख्‍नेछैनौ

“जबसम्म तिमीहरूले यसो भन्‍ने समय आउँदैन तबसम्म तिमीहरूले मलाई देख्‍नेछैनौ” वा “अर्को पटक तिमीहरूले मलाई देख्दा तिमीहरूले भन्‍नेछौ”

प्रभुको नाम

यहाँ "नाम" ले प्रभुको शक्ति र अधिकारलाई जनाउँछ। (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

अनुवादका शब्‍दहरू