Door43-Catalog_ne_tn/luk/13/31.md

3.2 KiB

जोड्ने कथनः

यो कथाको यस भागको अर्को घटना हो। येशू यरूशलेम तर्फ गइरहनु भएको थियो, केही फरिसीहरूले हेरोदको बारेमा उनलाई भने।

केही समय पश्‍चात

“येशूले बोलिसक्‍नुभएपछि चाँडै”

जानुहोस् र यो ठाउँलाई छोड्नुहोस् किनभने हेरोदले तपाईंलाई मार्न चाहन्छन्

यसलाई येशूलाई चेतावनी दिएको जसरी अनुवाद गर्नुहोस् । तिनीहरूले उहाँलाई अरू कतै गएर सुरक्षित रहनलाई सल्लाह दिँदै थिए ।

हेरोदले तपाईंलाई मार्न चाहन्छन्

हेरोदले येशूलाई मार्न मानिसहरूलाई आज्ञा दिने थिए । वैकल्पिक अनुवादः “हेरोदले तपाईंलाई मार्न मानिसहरूलाई पठाउन चाहन्छन्”

त्यो फ्याउरो

येशूले हेरोदलाई फ्याउरो भन्दै हुनुहुन्थ्यो । फ्याउरो एउटा सानो जङ्गली कुकुर हो । सम्भावित अर्थहरू हुन् १) हेरोद त्यति ठुलो खतरा थिएन (२) हेरोद छली थियो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor).

जे भए पनि

"जे होस्" वा "जे होस्" वा "जे भए पनि"

यरूशलेमबाट टाढामा एउटा अगमवक्तालाई मार्नु ग्रहणयोग्य हुँदैन

यहूदी नेताहरूले परमेश्वरको सेवा गरेको दाबी गरे। यहूदी अगुवाहरूले परमेश्‍वरका धेरै अगमवक्ताहरूलाई यरूशलेममा मारे र येशूलाई थाहा थियो तिनीहरूले उहाँलाई पनि त्यहिँ नै मार्थे । वैकल्पिक अनुवादः “यहूदी अगुवाहरूले परमेश्‍वरका समाचारवाहकहरूलाई यरूशलेममा नै मार्छन्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-irony)

अनुवादका शब्‍दहरू