Door43-Catalog_ne_tn/luk/07/46.md

3.3 KiB

तपाईंले गर्नुभएन ... तर उनी

येशूले सिमोनको नराम्रो अतिथि-सत्कारलाई ती आइमाईको कामको तुलनामा फरक पार्नुहुन्छ।

मेरो शिर तेलले अभिषेक गर्नु

“मेरो शिरमा तेल हाल्नु "" यो एक सम्मानित अतिथि स्वागत गर्न चलन थियो। वैकल्पिक अनुवादः “तेलले मेरो शिर अभिषेक गरेर स्‍वागत गर्नु” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

मेरो पाउलाई अभिषेक गरिन्

ती स्‍त्रीले यसो गरेर येशूलाई अति सम्मान गरिन् । उनले आफ्नो टाउकोको सट्टा खुट्टामा अभिषेक गरेर नम्रता प्रदर्शन गरिन्।

म तपाईंलाई भन्छु

यसले निम्न बयानको महत्त्वलाई जोड दिन्छ।

तिनका पापहरू, जुन धेरै थिए, क्षमा गरिए

यसलाई कर्तृ वाच्‍यमा पनि अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्‍वरले तिनका धेरै पापहरू क्षमा दिनुभएको छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

किनकि धेरै प्रेम गरेकी छिन्

उनको प्रेम उनको पापहरु माफी भएको प्रमाण थियो। केही भाषाहरूले “प्रेम”को कर्मलाई उल्लेख गरेको चाहन्छन् । वैकल्पिक अनुवादः “किनकि तिनलाई क्षमा गर्नेलाई धेरै प्रेम पनि गरेकी छिन्” वा “किनकि तिनले परमेश्‍वरलाई धेरै प्रेम गरेकी छिन्”

जसलाई थोरै मात्र क्षमा गरिएको छ

“जसलाई थोरै कुराहरू मात्र क्षमा गरिन्छ ।” येशूले यस वाक्यमा एउटा सामान्य सिद्धान्त बताउनुहुन्छ । तथापि, सिमोनले येशूलाई कम प्रेम गरेको छ भनेर उसले बुझेको उहाँले अपेक्षा गर्नुभयो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

अनुवादका शब्‍दहरू