Door43-Catalog_ne_tn/luk/07/11.md

3.8 KiB

जोड्ने कथनः

येशू नाइन शहर जानुहुन्छ, जहाँ उसले मरेको मान्छेलाई निको पार्छ।

नाइन

यो एउटा सहरको नाम हो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-names)

हेर, एक जना मानिस मरे

"हेर्नुहोस्" शब्दले कहानीमा मरेको मान्छेको परिचय गराउन हामीलाई सचेत गराउँछ। तपाईंको भाषामा यो गर्ने एउटा तरिका हुन सक्छ। वैकल्पिक अनुवादः “त्यहाँ एउटा मरेको मानिस थियो जो ... ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-participants)

मरेको एक मानिस बाहिर लगियो

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः "मानिसहरूले शहर बाहिर लगिरहेका थिए एकजना मानिस मरे।" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

उसकी आमाको एक मात्र छोरो (जो विधवा थिइन्)

“ऊ उसकी आमाको एउटा मात्र छोरो थियो, र तिनी विधवा थिइन् ।"यो मृत मानिस र उसकी आमा को बारे मा पृष्ठभूमि जानकारी हो।(हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-background)

विधवा

पति मरेको स्‍त्री

तिनीप्रति अति नै दयाले भरिनुभयो

“तिनको निम्ति दुःखित भएको महसुस गर्नुभयो”

उहाँ अगिल्तिर जानुभयो

“उहाँ अगाडि जानुभयो” वा “उहाँ त्यस मृत मानिसको नजिक जानुभयो”

काठको बाकस जसमा तिनीहरूले लाशलाई बोकेका थिए

यो मृत शरीरलाई चिहानसम्म लैजानलाई प्रयोग गर्ने स्‍ट्रेचर वा पलङ थियो । यो त्यस्तो चीज हुनु हुँदैन जसमा शरीर गाडिएको थियो। अन्य अनुवादहरूमा कम सामान्य "बियर" वा "अन्त्येष्टि पलंग" हुन सक्छ।

म तिमीलाई भन्दछु

येशूले यो उहाँको अधिकारलाई जोड दिनलाई भन्‍नुभयो । वैकल्पिक अनुवादः “मैले भनेको सुन !”

मृत मानिस

अब त्यो मानिस मृत थिएन; ऊ जीवित थियो ।यसलाई स्पष्ट रूपमा भन्नु आवश्यक पर्दछ। वैकल्‍पिक अनुवादः "The man who had been dead"

अनुवादका शब्‍दहरू