Door43-Catalog_ne_tn/luk/04/35.md

2.9 KiB

येशूले दुष्‍टात्मालाई यसो भन्दै हकार्नुभयो

“येशूले यसो भनेर भूतात्मालाई हकार्नुभयो” वा “येशूले भूतात्मालाई कडासँग भन्‍नुभयो”

त्यसबाट बाहिर आइज

उसले दुष्टात्मालाई मान्छेलाई नियन्त्रणमा राख्न बन्द गर्नु भनी आज्ञा दियो। वैकल्पिक अनुवादः “त्यसलाई छोड्” वा “यस मानिसमा अब नबस्”

यी वचनहरू कस्ता हुन् ?

येशूले भूतात्मालाई मानिसबाट छोडेर जानलाई आज्ञा दिनुभएकोमा मानिसहरू कति धेरै चकित परेका थिए भनी तिनीहरूले व्यक्त गर्दै थिए । यो कथनको रूपमा लेख्न सकिन्छ। वैकल्पिक अनुवादः “यी त अचम्मका वचनहरू हुन् !” वा “उहाँका वचनहरू अचम्मका छन् !” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

उहाँले अशुद्ध आत्माहरूलाई अधिकार र शक्तिसाथ आज्ञा गर्नुहुन्छ

“उहाँसँग अशुद्ध आत्माहरूलाई आज्ञा गर्ने अधिकार र शक्ति छ”

उहाँको विषयमा भएका समाचारहरू वरिपरिका क्षेत्रमा फैलिन थाले

यो कथाको पछाडि के भएको हो भन्ने बारेमा टिप्पणी हो जुन कहानी भित्रका घटनाहरूले गर्दा भएको हो।(हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-endofstory)

उहाँको विषयमा भएका समाचारहरू फैलिन थाले

“येशूको बारेमा भएका कुराहरू फैलन थाले” वा “मानिसहरूले येशूको बारेमा भएको समाचार फैलाउन लागे”

अनुवादका शब्‍दहरू