Door43-Catalog_ne_tn/luk/04/25.md

4.5 KiB

सामान्य जानकारीः

येशूले सभाघरमा एलिया र एलीशाको बारेमा उनको कुरा सुनिरहेका मानिसहरूलाई सम्झाउनुभयो, जसको बारेमा उनीहरूलाई चिनेका थिए।(हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-background)

तर म तिमीहरूलाई सत्य भन्दछु

“म तिमीहरूलाई साँचो भन्दछु ।” यसपछि आउने भनाइको महत्त्व, सत्यता र सच्‍चाइमा जोड दिनलाई यो वाक्यांशको प्रयोग गरिएको हो ।

विधवाहरू

विधवा पति मरेको एक स्‍त्री हो ।

एलियाको समयमा

येशूले कुरा गरिरहनुभएका मानिसहरूले एलिया परमेश्‍वरका अगमवक्ताहरूमध्ये एक थिए भनी जान्दथे । तपाईंका पाठकहरूले यो जान्दैनन् भने तपाईंले युडीबीमा जस्तै अस्‍पष्‍ट कुराहरूलाई स्‍पष्‍ट बनाउन सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः “एलियाले इस्राएलमा अगमवाणी गरिरहरका थिए” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

जब आकाशको ढोका बन्द गरीयो

यो एउटा अलङ्कार हो । यहाँ आकाशलाई बन्द भएको छतको रूपमा चित्रण गरिएको छ, ताकि त्यहाँबाट केही पानी नपरोस् । वैकल्पिक अनुवादः “जब आकाशबाट पानी परेन” वा “जब त्यहाँ कुनै पानी नै परेको थिएन” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

एउटा ठूलो अनिकाल

“गम्भीर रूपमा भएको खानेकुराको कमी ।” अनिकाल भनेको लामो समय अवधि हो जब खेतीपातीले मानिसहरूलाई पर्याप्‍त अन्‍न उत्पादन गर्न सक्दैनन् ।

सारपतमा ... त्यहाँ बसिरहेकी एक विधवाकहाँ

सारपत सहरमा बस्‍ने मानिसहरू यहूदीहरू नभई गैरयहूदीहरू थिए । येशूले बोल्नुभएको कुरा सुन्‍ने मानिसहरूले सारपतका मानिसहरू गैरयहूदीहरू हुन् भनी बुझेका थिए । वैकल्पिक अनुवादः “सारपतमा बस्‍ने गैरयहूदी विधवा” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-explicit]] अनि [[rc:///ta/man/translate/translate-names]])

सिरियाली नामान

सिरियाबाट आएको व्यक्तिलाई सिरियाली भनिन्छ । सिरियाका मानिसहरू यहूदीहरू थिएनन्, तर गैरयहूदीहरू थिए । वैकल्पिक अनुवादः “सिरियाको गैरयहूदी नामान” (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-names)

अनुवादका शब्‍दहरू