Door43-Catalog_ne_tn/luk/04/20.md

4.0 KiB

चर्मपत्रको मुट्ठोलाई बन्‍द गर्नुभयो

यस भित्र लेखनको सुरक्षा गर्नको लागि स्क्रोललाई ट्यूब जस्तै रोलिङ गरेर बन्द गरियो।

सभाघरको मुख्य सेवक

यसले सभाघरमा धर्मशास्‍त्र अभिलिखित चर्मपत्रहरूलाई उचित वास्ता र आदरसाथ बाहिर ल्याइयो वा ल्याइएन र थन्काइयो वा थन्काइएन भनी हेर्ने कामदारलाई जनाउँछ ।

उहाँमाथि परेका थिए

यो उपमाको अर्थ, “उहाँमा नै मग्‍न थिए” वा “उहाँलाई नै हेरिरहेका थिए” भन्‍ने हुन्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-idiom)

तिमीहरूले यी वचनहरू सुन्दा सुन्दै यो पूरा भएको छ

आफ्नो काम र वचनले येशूले त्यो अगमवाणीलाई त्यहि समयमा पूरा गर्नुभएको थियो भनी बताउँदै हुनुहुन्थ्यो । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “धर्मशास्‍त्रले जे हुन्छ भनेको छ, त्यो तिमीहरूले अहिले सुन्दासन्दै मैले पूरा गरिरहेको छु ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

तपाइँको सुनुवाई मा

यो मुहावाराको अर्थ "जब तपाईं मलाई सुन्नुहुन्छ" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-idiom)

उहाँको मुखबाट निस्केको अनुग्रही वचनप्रति आश्‍चर्य चकित भए‍

“उहाँले भनिरहनुभएका अनुग्रही वचनबारे छक्‍क परे ।” यहाँ “अनुग्रही”को अर्थ हुन सक्छ १) येशूले राम्ररी बोल्नुभएको कुरा वा उहाँको वाक्पटुतालाई जनाउँछ, वा २) यसको मतलब येशूले परमेश्‍वरको कृपाबारे वचन बोल्नुभएको पनि हुन सक्छ ।

के यी मानिस ‍योसेफका छोरा होइनन् र ?

मानिसहरूले येशूका बाबु योसेफ हुन् भन्ठान्थे । योसेफ धार्मिक अगुवा थिएनन् र त्यसैले, तिनले त्यसरी प्रचार गर्छन् भनी मानिसहरू छक्‍क परे । वैकल्पिक अनुवादः “यिनी योसेफका छोरा त हुन् !” वा “यिनको बाबु योसेफ त हुन् !” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion).

अनुवादका शब्‍दहरू