Door43-Catalog_ne_tn/luk/04/16.md

2.3 KiB

जहाँ उहाँ हुर्कनुभएको थियो

“जहाँ उहाँको आमाबुबाले उहाँलाई हुर्काउनुभएको थियो” वा “जहाँ उहाँ बालक छँदा हुनुहुन्थ्यो” वा “जहाँ उहाँ हुर्कनुभयो”

उहाँको रीति अनुसार

“जसरी उहाँले हरेक विश्रामको दिनमा गर्नुहुन्थ्यो ।” विश्रामको दिनमा सभाघर जानु उहाँको सामान्य क्रियाकलाप थियो ।

उहाँलाई यशैया अगमवक्ताको चर्मपत्रको मुट्ठो दिइयो

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “कसैले उहाँलाई यशैया अगमवक्ताको चर्मपत्रको मुट्ठो दियो” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

यशैया अगमवक्ताको चर्मपत्रको मुट्ठो

यसले चर्मपत्रमा लेखिएको यशैयाको पुस्तकलाई जनाउँछ । यशैयाले वर्षौं पहिले वचनहरू लेखेका थिए र त्यसलाई अरू कसैले चर्मपत्रमा सारेको थियो ।

जुन ठाउँमा यो लेखिएको थियो

“चर्मपत्रमा यी वचनहरू भएको ठाउँ ।”यो वाक्य अर्को पद मा जारी छ।

अनुवादका शब्‍दहरू