Door43-Catalog_ne_tn/luk/04/03.md

3.0 KiB

यदि तपाईं परमेश्‍वरका पुत्र हुनुहुन्छ भने

दियाबलसले यो आश्‍चर्यकर्म गरेर उहाँ परमेश्‍वरका पुत्र नै भनी प्रमाणित गर्न चुनौती दिन्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/guidelines-sonofgodprinciples)

यो ढुङ्गा

दियाबलसले ढुङ्गालाई कि हातमा समाइरहेको थियो कि भने नजिकैको ढुङ्गालाई देखाउँदै थियो ।

येशूले उसलाई जवाफ दिनुभयो

येशूले शैतानको चुनौतीलाई अस्वीकार गर्नुभयो भन्ने स्पष्ट रूपमा उसको उत्तरमा निहित छ। यो तपाइँको श्रोताको लागि स्पष्ट रूपमा भन्नु उपयोगी हुन सक्छ, जस्तै UDB ले: "येशूले जवाफ दिनुभयो, 'होईन, म त्यो गर्दिनँ" "।(हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

यसो लेखिएको छ

यो व्यवस्थाको पुस्तकबाट उद्धृत गरिएको भनाइ हो । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मोशाले धर्मशास्‍त्रमा लेखेका छन् ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

मानिस रोटीले मात्र बाँच्दैन

“रोटी” शब्दले सामान्य रूपमा खानालाई जनाउँछ ।परमेश्‍वरको तुलनामा खाना भनेको एक व्यक्तिलाई सँभाल्न पर्याप्त छैन। येशूले किन ढुङ्गालाई रोटी बनाउनुभएन भनी धर्मशास्‍त्रबाट भन्‍दै हुनुहुन्थ्यो । वैकल्पिक अनुवादः “मानिस रोटीले मात्र बाँच्दैन” वा “मानिस खानाले मात्र बाँच्ने होइन ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-synecdoche)

अनुवादका शब्‍दहरू