Door43-Catalog_ne_tn/jud/01/12.md

6.3 KiB

जोड्ने कथनः

ईश्‍वरहीन मानिसहरूका विषयमा बयान गर्न यहूदाले लगातार केही अलङ्कारहरूलाई प्रयोग गर्दछन् । विश्‍वासीहरूले आफ्ना माझमा यस्ता मानिसहरूलाई कसरी चिन्‍न सक्छन् भनी यहूदाले तिनीहरूलाई भन्छन् ।

यी तिनीहरू नै हुन्

यहाँ शब्द “यिनीहरू” ले यहूदा १:४(./03.md) मा उल्लिखित “ईश्‍वरहीन मानिसहरूलाई” जनाउँछ ।

लुकेका समुद्री चट्टानहरू

यसले समुद्रको पानीको सतहको नजिक रहेका ठूला चट्टानहरूलाई जनाउँछ । डुङ्गा चलाउनेहरूले ती चट्टानहरूलाई देख्‍न सक्दैनन्, यसैकारणले ती धेरै खतरनाक हुन्छन् । डुङ्गाहरू यस चट्टानमा ठोक्‍किए भने, ती सजिलैसोत ध्वस्त हुन सक्छन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

शरद ऋतुका निष्फल रूखहरू

सम्भाव्य अर्थहरू यस्ता हुन सक्छन्, कि यी मानिसहरू तल उल्लिखित जस्तै हुन्छन् (१) त्यस्ता रूखहरू जहाँबाट मानिसहरूले फल पाउने आशा गर्दछन्, तर तिनीहरूसँग कुनै फल हुँदैन, वा (२) त्यस्ता रूखहरू जसले कहिल्यै पनि फल फलाउँदैनन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

फल

यो परमेश्‍वरलाई खुसी बनाउने र अरू मानिसहरूलाई सहायता गर्ने जीवनलाई जनाउने एउटा अलङ्कार हो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

दुई पटक मरिसकेका छन्, र जराहरूसितै उखेलिएका छन्

कसैले जराहरूसितै उखेलेको रूख मृत्युको निम्ति एउटा अलङ्कार हो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

जराहरूसितै उखेलिएका

जसरी रूखहरूलाई तिनीहरूका जराहरूसँगै जमिनबाट बाहिर उखेलिन्छ, त्यसरी नै ईश्‍वरहीन मानिसहरू परमेश्‍वरबाट अलग गरिएका छन्, जो जीवनको स्रोत हुनुहुन्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

समुद्रका भयङ्कर छालहरू

जसरी समुद्रका छालहरूलाई शक्तिशाली आँधीले चलाउँछ, त्यसरी नै ईश्‍वरहीन मानिसहरू सजिलैसित विभिन्‍न दिशाहरूमा बहकाइन्छन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

तिनीहरूका आफ्नै निर्लज्‍जताको फिँज निकाल्दै

जसरी अनियन्त्रित छालहरूमा आँधीले फोहोर फिँज निकाल्दछ, त्यसरी नै यी मानिसहरूले तिनीहरूका झुटा शिक्षा र व्यवहारहरूले आफैँलाई लाजमा पार्दछन् । वैकल्पिक अनुवादः “जसरी छालहरूले फिँज र फोहोर निकाल्छन्, यी मानिसहरूले आफ्ना लाजपूर्ण कुराहरूद्वारा अरूहरूलाई पनि दूषित पार्दछन् ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

बत्तिएका ताराहरू

प्राचीन समयमा ताराहरूलाई अध्ययन गर्ने मानिसहरूले यस्तो विचार गर्थे, कि आज हामीले जे कुरालाई ग्रहहरू भनेर भन्छौँ, ती ग्रहहरूचाहिँ ताराहरूजस्तै गरी हिँड्दैनथे । वैकल्पिक अनुवादः “अव्यवस्थित ताराहरू” वा “हिँडिरहने ताराहरू” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

ताराहरू हुन्, जसको निम्ति अनन्तको निम्ति घोर अन्धकारको अँध्यारो साँचेर राखिएको छ

“ताराहरू हुन् । तिनीहरूका निम्ति परमेश्‍वरले पूर्ण अन्धकारमय ठाउँ तयार पार्नुभएको छ, जहाँ उहाँले तिनीहरूलाई अनन्त कालसम्म राख्‍नुहुनेछ”

translationWords