Door43-Catalog_ne_tn/jud/01/05.md

2.5 KiB

जोड्ने कथनः

प्रभुलाई नपछ्याएकाहरूको बारेमा यहूदाले पुराना घटनाहरूबाट उदाहरण दिन्छन् ।

म तिमीहरूलाई यो सम्झना दिलाउन चाहन्छु

“तिमीहरूले यो सम्झना गरेको म चाहन्छु”

तिमीहरूले एक पटक यो पूर्ण रूपमा जानेका भए तापनि

“तिमीहरूले कुनै बेला यो पूर्ण रूपमा जानेका भए तापनि”

प्रभुले मिश्र देशबाट मानिसहरूलाई बचाउनुभयो

“प्रभुले इस्राएलीहरूलाई धेरै समय अगि नै मिश्र देशबाट बचाउनुभयो”

प्रभु

केही लेखहरूले “येशू” भनेर उल्लेख गर्दछन् ।

तिनीहरूको आफ्नो अधिकारको स्थान

“परमेश्‍वरले तिनीहरूलाई दिनुभएका जिम्मेवारीहरू”

आफ्नो उचित वासस्थानलाई त्यागे

“तिनीहरूलाई तोकिएका आफ्नै ठाउँहरू त्यागे”

परमेश्‍वरले तिनीहरूलाई अनन्तका साङ्लाहरूमा, घोर अन्धकारमा राख्‍नुभएको छ

“परमेश्‍वरले यी स्वर्गदूतहरूलाई यस्तो अन्धकारमय कैदखानामा राख्‍नुभएको छ जहाँबाट तिनीहरू कहिल्यै पनि निस्कनेछैनन्”

त्यस महान् दिन

परमेश्‍वरले सबै जनाको इन्साफ गर्नुहुने त्यो अन्तिम दिन

translationWords