Door43-Catalog_ne_tn/jud/01/01.md

2.9 KiB

सामान्य जानकारीः

यहूदाले आफैँलाई यस पुस्तकका लेखकको रूपमा चिनाउँछन् र आफ्ना पाठकहरूलाई अभिवादन गर्दछन् । सम्भवतः उनी येशूका सौतेनी भाइ थिए । नयाँ करारमा अन्य दुई जना यहूदा पनि उल्लेख गरिएका छन् ।

सामान्य जानकारीः

यहाँ शब्द “तिमीहरू” ले ती ख्रीष्‍टियानहरूलाई जनाउँछ जसलाई यहूदाले यो पत्र लेखेका थिए र यो शब्द सधैँ बहुवचन हुनुपर्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-you)

यहूदा, ... को एक सेवक

यहूदा याकूबका भाइ हुन् । वैकल्पिक अनुवादः “म ... को सेवक, यहूदा हुँ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-names)

याकूबका भाइ

याकूब र यहूदा येशूका सौतेनी भाइहरू हुन् ।

दया, शान्ति र प्रेम तिमीहरूका निम्ति प्रशस्त हुँदै जाओस्

“कृपा, शान्ति, र प्रेम तिमीहरूका निम्ति प्रशस्त मात्रामा बढ्दै जाओस् ।” आकार र सङ्ख्यामा बढ्न सक्‍ने वस्तुहरूका रूपमा यी विचारहरूलाई उल्लेख गरिएको छ । यो अमूर्त नामहरू "दया," "शान्ति," र "प्रेम" लाई हटाउनको लागि पुनः प्रयोग गर्न सकिन्छ। वैकल्‍पिक अनुवादः "परमेश्‍वरले तपाईमाथि कृपालु रहून् ताकि तपाई शान्तपूर्वक रहन र एक अर्कालाई झन् झन् प्रेम गर्नुहुन्छ। (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-abstractnouns)

अनुवादका शब्‍दहरू