Door43-Catalog_ne_tn/jhn/19/40.md

2.6 KiB

अहिले उहाँलाई क्रूसमा झुण्डाएको ठाउँमा एउटा बगैँचा थियो... कुनै व्‍यक्‍तिलाई गाडिएको थिएन

तिनीहरूले येशूलाई कहाँ गाडे भनी ठाउँबारे बताउनलाई यूहन्‍नाले मुख्य कथाबाट केहीबेर विश्राम लिएको देखाउँछन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-background)

उहाँलाई क्रूसमा झुण्डाएको ठाउँमा एउटा बगैँचा थियो

तपार्इंले यसलाई कर्तृवाच्यमा अनुवाद गर्न सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः “अहिले त्यस ठाउँमा जहाँ तिनीले येशूलाई झुण्डाएका थिए त्यहाँ एउटा बगैँचा थियो” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

जसमा अहिलेसम्म कुनै व्‍यक्‍तिलाई गाडिएको थिएन

तपार्इंले यसलाई कर्तृवाच्यमा अनुवाद गर्न सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः “जसमा मानिसहरूले कसैलाई पनि गाडेका थिएनन्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

यो दिन यहूदीहरूका निम्ति तयारीको दिन भएको कारण

यहूदी व्यवस्थाअनुसार शुक्रबार घाम अस्ताएपछि कसैले पनि काम गर्न सक्दैनथ्यो । यो विश्राम दिन र निस्तार चाडको सुरुवात थियो । वैकल्पिक अनुवादः “त्यस साँझ निस्तार चाड सुरु हुन लागेको थियो” (यूडीबी) (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

अनुवादका शब्‍दहरू