Door43-Catalog_ne_tn/jhn/19/28.md

2.7 KiB

येशूले अब सबै थोक पूरा गरिएको थियो भन्‍ने जान्‍नुभएको हुनाले

तपार्इंले यसलाई कर्तृवाच्यमा अनुवाद गर्न सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः “उहाँले जान्‍नुभयो, कि उहाँले परमेश्‍वरले उहाँलाई गर्नलाई पठाउनुभएको सबै थोक उहाँले गरी सक्‍नुभएको थियो” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

अमिलो मद्यले भरिएको एउटा भाँडा त्यहाँ राखिएको थियो

तपार्इंले यसलाई कर्तृवाच्यमा अनुवाद गर्न सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः “त्यहाँ कसैले अमिलो मद्यले भरिएको एउटा भाँडो राखेको थियो” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

अमिलो मद्य

“तीतो मद्य”

तिनीहरूले राखे

यहाँ “तिनीहरू”ले रोमी सिपाहीहरूलाई जनाउँछ ।

स्पन्ज

धेरै तरल पदार्थ राख्‍न र सोस्‍न सक्‍ने वस्‍तु

हिस्सपको हाँगा

“हिस्‍सप भनिने बिरूवाको हाँगामा”

उहाँले आफ्नो शिर झुकाउनुभयो र उहाँको आत्मा त्याग्‍नुभयो

यूहन्‍नाले यहाँ उहाँको आत्मालाई येशूले परमेश्‍वरलाई नै दिनुभएको आशय दिन्छन् । वैकल्पिक अनुवादः “उहाँले उहाँको शिर निहुराउनुभयो र उहाँको आत्मा परमेश्‍वरलाई दिनुभयो” वा “उहाँले उहाँको शिर झुकाउनुभयो र मर्नुभयो” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

अनुवादका शब्‍दहरू