Door43-Catalog_ne_tn/jhn/15/10.md

2.5 KiB

यदि तिमीहरू मेरा आज्ञाहरू पालन गर्छौ भने जसरी मैले मेरा पिताको आज्ञा पालन गरेको छु र उहाँको प्रेममा रहेको छु त्यसरी नै तिमीहरू मेरो प्रेममा रहनेछौ

जब येशूलाई पछ्याउनेहरूले उहाँको आज्ञा पालन गर्छन्, तिनीहरूले उहाँलाई प्रेम गर्छन् भन्‍ने देखाउँछन् । वैकल्पिक अनुवादः “जब तिमीहरूले मैले भनेका कुराहरू गर्छौ, मैले मेरा पिताको आज्ञा पालन गरेर उहाँको प्रेममा रहे जस्तै तिमीहरू मेरो प्रेममा जिइरहन्छौ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

मेरा पिता

यहाँ “पिता” परमेश्‍वरको निम्ति महत्त्वपूर्ण उपाधि हो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/guidelines-sonofgodprinciples)

मैले तिमीहरूलाई यी कुराहरू भनेको छु, ताकि मेरो आनन्द तिमीहरूमा होस्

“मैले तिमीहरूलाई यी कुराहरू भनेको छु, ताकि ममा भएको जस्तो आनन्द तिमीहरूमा पनि होस्”

ताकि तिमीहरूको आनन्द पूर्ण होस्

यसलाई कर्तृवाच्यमा अनुवाद गर्न सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः “ताकि तिमीहरू पूर्ण रूपमा आनन्दित हुनेछौ” वा “ताकि तिमीहरूको आनन्दमा कुनै कुराको कमी नहोस्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

अनुवादका शब्‍दहरू