Door43-Catalog_ne_tn/jhn/15/05.md

4.6 KiB

म दाखको बोट हुँ, र तिमीहरू त्यसका हाँगाहरू हौ

“दाखको बोट” येशूलाई जनाउने अलङ्कार हो । “हाँगाहरू” येशूमा भरोसा गर्ने र उहाँको स्वामित्वमा रहेकाहरूलाई जनाउने अलङ्कार हो । वैकल्पिक अनुवादः “म दाखको बोटजस्तो हुँ, र तिमीहरू ममा जोडिएका हाँगाहरूजस्ता हौ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

जो ममा रहन्छ र म त्यसमा रहनेछु

यहाँ येशूले उहाँ परमेश्‍वरसँग जोडिएर रहनुभए झैँ उहाँका चेलाहरू पनि उहाँसँग जोडिएर रहने कुराको आशय दिनुहुन्छ । वैकल्पिक अनुवादः “म पितासँग आबद्ध भएर रहे झैँ जो मसँग आबद्ध भएर रहन्छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

त्यसले धैरै फल फलाउँछ

यहाँको परोक्ष अलङ्कार फल फलाउने हाँगाहरू हुन् जसले परमेश्‍वरलाई प्रसन्‍न पार्ने विश्‍वासीहरूको प्रतिनिधित्व गर्छन् । जसरी दाखको बोटमा जोडिएर रहेका हाँगाहरूले धेरै फल फलाउँछन्, त्यसरी नै येशूसँग आबद्ध रहनेहरूले परमेश्‍वरलाई प्रसन्‍न पार्ने धैरै थोक गर्नेछन् । वैकल्पिक अनुवादः “तिमीहरूले धेरै फल फलाउनेछौ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

त्यसलाई हाँगालाई झैँ फालिन्छ

यहाँ परोक्ष अलङ्कार फल नफलाउने हाँगाहरू हुन् जसले येशूमा नरहनेहरूको प्रतिनिधित्व गर्छन् । यसलाई कर्तृवाच्यमा अनुवाद गर्न सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः “दाखबारीका किसानले त्यसलाई हाँगालाई झैँ फ्याँक्‍नेछ” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-metaphor]] अनि [[rc:///ta/man/translate/figs-activepassive]]).

तिनीहरूलाई जलाइन्छ

यसलाई कर्तृवाच्यमा अनुवाद गर्न सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः “आगोले तिनीहरूलाई जलाउँछ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

जे इच्छा गर्छौ सो माग

विश्‍वासीहरूले तिनीहरूका प्रार्थनाहरूको जवाफको लागि परमेश्‍वरसँग बिन्ती गर्नुपर्छ भन्‍ने आशय येशूले दिनुहुन्छ । वैकल्पिक अनुवादः “जे इच्छा गर्छौ सो परमेश्‍वरसँग माग” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

यो तिमीहरूका निम्ति गरिनेछ

यसलाई कर्तृवाच्यमा अनुवाद गर्न सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः “उहाँले यो तिमीहरूका निम्ति गर्नुहुनेछ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

अनुवादका शब्‍दहरू