Door43-Catalog_ne_tn/jhn/15/01.md

3.2 KiB

जोड्ने कथनः

अगिल्‍लो अध्यायको कथा नै जारी छ । उहाँका चेलाहरूसँग टेबलमा ढल्किएर येशू तिनीहरूसँग कुरा गर्नुहुन्छ ।

म साँचो दाख हुँ

यहाँ “साँचो दाख” अलङ्कार हो । येशूले आफैँलाई दाख वा दाखको काण्डसँग तुलना गर्नुहुन्छ । उहाँ मानिसहरूलाई परमेश्‍वरलाई मन पर्ने किसिमले जिउने तुल्याउनुहुने जीवनको स्रोत हुनुहुन्छ । वैकल्पिक अनुवादः “म असल फल फलाउने दाखजस्तो हुँ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

मेरा पिता दाखबारीका किसान हुनुहुन्छ

“दाबारीका किसान” अलङ्कार हो । “दाखबारीका किसान” सम्भव भएसम्‍म दाखहरू फलाउने गरी यसको हेरचाह गर्ने व्यक्ति हो । वैकल्पिक अनुवादः “मेरा पिता दाखबारीका किसानजस्तै हुनुहुन्छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

मेरा पिता

यो परमेश्‍वरको निम्ति महत्त्वपूर्ण उपाधि हो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/guidelines-sonofgodprinciples)

ममा भएका फल नफलाउने हरेक हाँगालाई उहाँले छाँट्नुहुन्छ र उहाँले फल फलाउने हरेक हाँगालाई पनि छिँवल्नुहुन्छ, ताकि यसले अझ धेरै फल फलाओस्

यहाँ “हाँगा” अलङ्कार हो जसले येशूमा हुने हरेकलाई जनाउँछ । तिनीहरू परमेश्‍वरले मन पर्ने किसिमले जिउन सकून् भनेर उहाँले तिनीहरूको वास्ता गर्नुहुन्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

छाँट्नुहुन्छ

“काट्‍नुहुन्छ र लानुहुन्छ”

हरेक हाँगालाई पनि छिँवल्नुहुन्छ

“हरेक हाँगालाई काटेर मिलाउनुहुन्छ”

अनुवादका शब्‍दहरू