Door43-Catalog_ne_tn/jhn/13/31.md

2.7 KiB

मानिसका पुत्रलाई महिमित तुल्याइन्छ, र उसमा परमेश्‍वरलाई महिमित तुल्याइन्छ

तपार्इंले यसलाई कर्तृवाच्यमा अनुवाद गर्न सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः “अब मानिसका पुत्रले कसरी सम्मान पाउनुहुनेछ, र मानिसका पुत्रले जे गरिरहेको छ त्यसद्वारा परमेश्‍वरले कसरी सम्मान पाउनुहुनेछ, मानिसहरूले देख्‍न लागेका छन्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

परमेश्‍वरले आफैँमा उसलाई महिमित पार्नुहुनेछ र उहाँले उसलाई तुरुन्तै महिमित तुल्याउनुहुनेछ

यहाँ “उसलाई” ले येशूलाई जनाउँछ । “आफैँ” निजवाचक सर्वनामले परमेश्‍वरलाई जनाउँछ । वैकल्पिक अनुवादः “परमेश्‍वर आफैँले मानिसका पुत्रलाई तत्काल सम्मान दिनुहुनेछ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rpronouns)

साना बालकहरू हो

येशूले चेलाहरूलाई आफ्नै छोराछोरीहरूलाई झैँ प्रेम गर्नुहुन्छ भनी दर्शाउन “साना बालकहरू” भन्‍ने पदावलीको प्रयोग गर्नुहुन्छ ।

मैले यहूदीहरूलाई भने झैँ

यहाँ “यहूदीहरू” येशूलाई विरोध गर्ने यहूदी अगुवाहरूलाई जनाउने अङ्गाङ्गी अलङ्कार हो । वैकल्पिक अनुवादः “मैले यहूदी अगुवाहरूलाई भनेजस्तै” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-synecdoche)

अनुवादका शब्‍दहरू