Door43-Catalog_ne_tn/jhn/13/12.md

2.1 KiB

मैले तिमीहरूका निम्ति के गरेको छु भन्‍ने के तिमीहरू जान्दछौ ?

येशूले उहाँका चेलाहरूलाई सिकाउनुभएको कुरालाई जोड दिन सकियोस् भनी यो कथन प्रश्‍नको रूपमा आउँछ । वैकल्पिक अनुवादः “मैले तिमीहरूलाई गरेको कुरा तिमीहरूले बुझ्‍नुपर्छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

तिमीहरू मलाई ‘गुरु’ र ‘प्रभु’ भन्छौ

यहाँ येशूले उहाँका चेलाहरूले उहाँलाई धेरै आदर गर्छन् भन्‍ने आशय दिनुहुन्छ । वैकल्पिक अनुवादः “तिमीहरूले मलाई ‘गुरु’ र ‘प्रभु’ भन्दा तिमीहरूले मलाई धेरै आदर गरेको देखाउँछौ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

तिमीहरूले पनि मैले तिमीहरूको निम्ति गरेजस्तै गर्न सक

येशूले उहाँका चेलाहरूले उहाँको उदाहरण अनुसरण गरी एक अर्काको सेवा गर्न तत्पर हुनुपर्छ भन्‍ने आशय दिनुहुन्छ । वैकल्पिक अनुवादः “तिमीहरूले पनि नम्रतासाथ एकले अर्कोको सेवा गर्नुपर्छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

अनुवादका शब्‍दहरू