Door43-Catalog_ne_tn/jhn/13/10.md

2.1 KiB

जोड्ने कथनः

येशूले सिमोन पत्रुससँगको कुराकानीलाई जारी राख्‍नुहुन्छ ।

सामान्य जानकारीः

येशूले उहाँका सबै चेलाहरूलाई जनाउन “तिमीहरू” शब्दको प्रयोग गर्नहुन्छ ।

जो नुहाएको छ, त्यसका गोडाबाहेक अरू केही धुनुपर्दैन

यहाँ “नुहाएको” एउटा अलङ्कार हो, जसको अर्थ परमेश्‍वरले आत्मिक रूपमा शुद्ध पार्नुभएको भन्‍ने हुन्छ । वैकल्पिक अनुवादः यदि कसैले परमेश्‍वरको क्षमा पाइसकेको छ भने, अब त्यसलाई त्यसका दैनिक पापहरूबाटको शुद्धिकरण मात्र आवश्यक पर्छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

तिमीहरू सबै जना नै त छैनौ

येशूलाई विश्‍वासघात गर्ने यहूदाले उहाँलाई भरोसा गरेको थिएन भन्‍ने आशय उहाँले दिनुहुन्छ । यसकारण, परमेश्‍वरले त्यसका पापहरू क्षमा गर्नुभएको छैन । वैकल्पिक अनुवादः “तिमीहरू सबैले परमेश्‍वरबाट क्षमा पाएका छैनौ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

अनुवादका शब्‍दहरू