Door43-Catalog_ne_tn/jhn/07/37.md

3.6 KiB

सामान्य जानकारीः

केही समय बितेको छ । अब चाडको अन्तिम दिन थियो, र येशू भीडसँग बोल्नुभयो ।

महान् दिनमा

यो “महान्” हो, किनभने यो चाडको अन्तिम, सबैभन्दा महत्त्वपूर्ण दिन हो ।

यदि कोही तिर्खाएको छ भने

यहाँ “तिर्खाएको” शब्द कोही पानीको निम्ति तिर्खाए झैँ त्यसरी नै परमेश्‍वरका कुराहरूका निम्ति उत्कट इच्छालाई जनाउने अलङ्कार हो । वैकल्पिक अनुवादः “तिर्खाएको मानिसले पानीको चाह गरे झैँ परमेश्‍वरका कुराहरू चाह गर्नेहरू” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

त्यो मकहाँ आओस् र पिओस्

“पिउनु” एउटा अलङ्कार हो जसको अर्थ येशूले दिनुहुने आत्मिक जीवन प्राप्‍त गर्नु हो । वैकल्पिक अनुवादः “मकहाँ आओस् र त्यसको आत्मिक तिर्खा मेटाओस् ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

धर्मशास्‍त्रले भने झैँ जसले मलाई विश्‍वास गर्छ

“ममा विश्‍वास गर्ने जो-कसैको बारेमा धर्मशास्‍त्रले भने झैँ”

जीवित पानीका नदीहरू बग्‍नेछन्

“जीवित पानीका नदीहरू” एउटा अलङ्कार हो जसले आत्मिक रूपमा तिर्खाएकोलाई येशूले दिनुहुने जीवनको प्रतिनिधित्त्व गर्छ । वैकल्पिक अनुवादः “आत्मिक जीवन पानीको नदीहरू झैँ बग्‍नेछन् ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

जीवित पानी

सम्भावित अर्थहरू हुन् १) “जीवन दिने पानी” २) “मानिसहरूलाई जिउने तुल्याउने पानी (युडीबी) ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

उसको पेटबाट

यहाँ पेटले कुनै व्यक्तिको भित्री कुराहरूलाई प्रतिनिधित्व गर्दछ, जसमा खासगरी कुनै व्यक्तिको अ-शारीरिक भाग पर्छ । वैकल्‍पिक अनुवादः “उसभित्रबाट” वा “उसको हृदयबाट” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

अनुवादका शब्‍दहरू