Door43-Catalog_ne_tn/jhn/07/23.md

2.4 KiB

मोशाको व्यवस्था भङ्ग नहोस् भनेर यदि एक जना मानिसले विश्रामको दिनमा खतना गर्न स्‍वीकार गर्छ भने

“यदि तिमीहरूले मोशाको व्यवस्था नतोडौँ भनेर तिमीहरूले विश्रामको दिन पुरुष बालकलाई खतना गर्छौ भने”

मैले विश्रामको दिन एक जना मानिसलाई पूर्ण रूपमा स्वस्थ बनाएकोमा तिमीहरू मसँग किन रिसाउँछौ ?

यो जोड दिनलाई प्रश्‍नको स्वरूपमा आउँछ । वैकल्पिक अनुवादः “मैले विश्रामको दिनमा एक जना मानिसलाई कुशल बनाएको तिमीहरू रिसाउनुहुँदैन !” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

विश्रामको दिनमा

“यहूदी विश्राको दिनमा”

बाहिरी रूप हेरेर न्याय नगर, तर धार्मिकतापूर्वक न्याय गर

मानिसहरूले तिनीहरूले देखेको कुराको आधारमा मात्र न्याय गर्नुहुँदैन भनी येशू सुझाउनुहुन्छ । यो कार्यको पछाडि एउटा अभिप्राय छ जसलाई देख्‍न सकिँदैन । वैकल्पिक अनुवादः “तिमीहरूले देखेअनुसार मानिहरूको न्याय गर्न छोड ! परमेश्‍वरको बुझाइअनुसार के हुन्छ होला भन्‍नेप्रति पनि चासो राख ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

अनुवादका शब्‍दहरू