Door43-Catalog_ne_tn/jhn/07/10.md

1.8 KiB

सामान्य जानकारीः

कथाको परिस्थिति बद्‌लिएको छ । अब येशू र उहाँका भाइहरू चाडमा छन् ।

जब उहाँका भाइहरू चाडमा गए

यी “भाइहरू” येशू पछि जन्मिएका भाइहरू थिए ।

उहाँ माथि पनि जानुभयो

यरूशलेम येशू र उहाँका भाइहरू भएको गालीलभन्दा माथिल्लो भागमा पर्छ ।

खुलमखुल्ला होइन तर गोप्य तरिकाले

यी दुवै शब्द पदावलीको अर्थ एउटै हुन्छ । जोड दिनलाई मात्र दोहोर्‍याइएको छ । वैकल्पिक अनुवादः “निकै गोप्य तवरले” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-doublet)

यहूदीहरूले उहाँलाई चाडमा खोजिरहेका थिए

यहाँ यहूदीहरू “यहूदी अगुवाहरू” का लागि रूपक हो । “उहाँलाई” ले येशूलाई जनाउँछ । वैकल्पिक अनुवादः “यहूदी अगुवाहरूले येशूलाई खोजिरहेका थिए ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-synecdoche)

अनुवादका शब्‍दहरू