Door43-Catalog_ne_tn/jhn/07/05.md

2.5 KiB

किनकि उहाँका भाइहरूले पनि उहाँलाई विश्‍वास गर्दैनथे

यो यूहन्‍नाले हामीलाई येशूका भाइहरूको बारेमा पृष्‍ठभूमि जानकारी दिँदा मुख्य कथाभन्दा अलग्‍गै वाक्य हो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-background)

उहाँका भाइहरू

“उहाँभन्दा मुनिका भाइहरू”

मेरो समय अझै आएको छैन

“समय” शब्द प्रतिस्थापकीय शब्द हो । येशूले उहाँको सेवा-कार्य टुङ्ग्याउने उचित बेला आएको छैन भन्‍ने देखाउँदै हुनुहुन्छ । वैकल्पिक अनुवादः “मेरो काम अन्त्य गर्नलाई मेरो लागि ठिक समय आएको छैन ।” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-metonymy]] अनि [[rc:///ta/man/translate/figs-explicit]])

तिमीहरूको समय सधैँ तयार छ

“तिमीहरूका लागि कुनै पनि समय असल हुन्छ ।”

संसारले तिमीहरूलाई घृणा गर्न सक्दैन

“संसार” संसारमा बस्‍ने मानिसहरूका लागि प्रतिस्थापकीय शब्द हो । वैकल्पिक अनुवादः “संसारका सबै मानिसहरूले तिमीहरूलाई घृणा गर्न सक्दैनन् ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

यसको काम खराब छ भनेर यसको बारेमा म गवाही दिन्छु

“तिनीहरूले जे गरिरहेका छन्, सो खराब छ भनी म भन्छु”

अनुवादका शब्‍दहरू