Door43-Catalog_ne_tn/jhn/03/29.md

1.8 KiB

जोड्ने कथनः

बप्‍तिस्मा-दिने यूहन्‍ना निरन्तर कुरा गरिरहन्छन् ।

दुलहीचाहिँ दुलहाको नै हो

यहाँ “दुलहा” र “दुलही” अलङ्काहरू हुन् । येशू “दुलहा” जस्तै हुनुहुन्छ र यूहन्‍ना चाहिँ “दुलहा”को साथी जस्तो हुन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

तब, यो, मेरो आनन्द पूरा तुल्याइन्छ

यसलाई कर्तृवाच्यमा उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “त्यसैले, त्यसपछि म अति आनन्दित हुन्छु” वा “त्यसैले, म धेरै हर्ष मनाउँछु” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

मेरो आनन्द

“मेरो” शब्दले बप्‍तिस्‍मा-दिने यूहन्‍नालाई जनाउँछ, जो बोलिरहेका छन् ।

उहाँ बढ्नुपर्छ

“उहाँ”ले महत्त्वमा निरन्तर वृद्धि भइरहनुहुने दुलहा, अर्थात् येशूलाई जनाउँछ ।

अनुवादका शब्‍दहरू