Door43-Catalog_ne_tn/jhn/03/16.md

2.9 KiB

परमेश्‍वरले संसारलाई यस्तो प्रेम गर्नुभयो

यहाँ “संसार” शब्द संसारका सबै मानिसलाई जनाउने प्रतिस्थापकीय शब्द हो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

प्रेम गर्नुभयो

यो आफूलाई फाइदा नहुँदा पनि अरूहरूको भलाइमा केन्द्रित हुने परमेश्‍वरबाट आउने किसिमको प्रेम हो । परमेश्‍वर स्वयम् प्रेम हुनुहुन्छ र सत्य प्रेमको स्रोत हुनुहुन्छ ।

परमेश्‍वरले आफ्ना पुत्र यस संसारलाई दण्ड दिन होइन, तर उहाँद्वारा संसारलाई बचाउन पठाउनुभयो

यी दुवै वाक्यहरूले पहिले नकारात्मक र पछि सकारात्मक रूपमा उही कुराहरू बताइरहेका छन् । कुनै भाषाले अर्कै तरिकाले जोड दिएको सङ्केत गर्न सक्छ । वैकल्पिक अनुवादः “परमेश्‍वरले उहाँका पुत्रलाई संसारमा पठाउनुको वास्तविक उद्देश्य यसलाई बचाउनु थियो” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-parallelism]] अनि [[rc:///ta/man/translate/figs-doublenegatives]])

दण्ड दिन

“सजाय दिन”

दण्डित हुँदैन

यी दुई नकारात्‍मक अवधारणाहरूलाई सकारात्‍मक रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “निर्दोष ठहर्‍याइन्छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-doublenegatives)

परमेश्‍वरका पुत्र

यो येशूको निम्ति महत्त्वपूर्ण उपाधि हो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/guidelines-sonofgodprinciples)

अनुवादका शब्‍दहरू