Door43-Catalog_ne_tn/jhn/03/03.md

2.4 KiB

जोड्ने कथनः

येशू र निकोदेमसको वार्तालाप निरन्तर अगाडि बढ्छ ।

साँचो, साँचो

यसलाई १:५१(../01/49.md) जस्तै अनुवाद गर्नुहोस् ।

फेरि जन्मेको

“माथिबाट जन्मिएको” वा “परमेश्‍वरबाट जन्मेको”

परमेश्‍वरको राज्य

“राज्य” शब्द परमेश्‍वरको शासनलाई जनाउने अलङ्कार हो । वैकल्पिक अनुवादः “परमेश्‍वरले शासन गर्ने ठाउँ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

मानिस वृद्ध भएपछि कसरी जन्मन सक्छ ?

निकोदेमसले यो हुन सक्दैन भनेर जोड दिन यो प्रश्‍नको प्रयोग गरे । वैकल्पिक अनुवादः “मानिस वृद्ध भएपछि फेरि जन्मन सक्दैन ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

ऊ फेरि दोस्रो पल्ट उसको आमाको गर्भमा पस्‍न, र जन्मन सक्दैन, सक्छ त ?

“निकोदेमसले दोस्रो जन्‍म असम्भव छ भन्‍ने उनको विश्‍वास देखाउन पनि यो प्रश्‍नलाई प्रयोग गर्छन् । निश्‍चय नै, त्यो त्यसको आमाको गर्भमा दोस्रो पटक पस्‍न सक्दैन” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

दोस्रो पल्ट

“फेरि” वा “दुई पटक”

गर्भ

महिलाको शरीरको त्यो भाग जहाँ बालकको विकास हुन्छ

अनुवादका शब्‍दहरू