Door43-Catalog_ne_tn/jhn/01/49.md

2.1 KiB

रब्‍बी, तपार्इं परमेश्‍वरका पुत्र हुनुहुन्‍छ ! तपार्इं इस्राएलका राजा हुनुहुन्‍छ !

नथानेलले येशूलाई “परमेश्‍वरका पुत्र” भन्छन्, किनभने येशूले नथानेललाई नभेटीकनै चिन्‍नुभयो ।

परमेश्‍वरका पुत्र

यो येशूको निम्ति महत्त्वपूर्ण पदवी हो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/guidelines-sonofgodprinciples)

मैले तिमीलाई नेभाराको रुखमुनि देखेँ भनेको कारण, के तिमी मलाई विश्‍वास गर्छौ ?

यो कथन जोड दिनलाई प्रश्‍नको स्वरूपमा देखा पर्छ । वैकल्पिक अनुवादः “तिमीले विश्‍वास गर्छौ, किनकि ‘मैले तिमीलाई नेभाराको रुखमुनि देखेँ’ भनी मैले भनेँ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

साँचो, साँचो

यसलाई यसपछि आउने कुरा महत्त्वपूर्ण र सत्य छ भन्‍नलाई तपार्इंको भाषामा व्यक्त गर्ने शैलीमा अनुवाद गर्नुहोस् ।

अनुवादका शब्‍दहरू