Door43-Catalog_ne_tn/gal/06/14.md

4.0 KiB

क्रुसबाहेक मैले अरू कुनै कुरामा कहिल्यै गर्व गर्न नपरोस्

“सधैँ क्रुसको कारण मात्र मैले गर्व गरूँ”

संसार मेरो लागि क्रुसमा टाँगिएको छ

यसलाई कर्तृ वाक्‍यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवाद: “मेरो विचारमा संसार पहिल्यै मृत छ” वा “मैले संसारलाई परमेश्‍वरले क्रुसमा मार्नुभएको एउटा अपराधीजस्तै व्यवहार गर्छु” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

म संसारको लागि

"क्रूसमा टाँगिएको" शब्दहरू यो भन्दा पहिले वाक्यांशबाट बुझिन्छ। वैकल्‍पिक अनुवादः "र म संसारमा क्रूसमा टाँगिएको छ" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-ellipsis)

म संसारको लागि

“संसारले मेरो विषयमा म पहिल्यै मृत छु भन्‍ने विचार गर्दछ” वा “संसारले मलाई परमेश्‍वरले क्रुसमा मार्नुभएको एउटा अपराधीजस्तै व्यवहार गर्छ”

संसार

यसको अर्थ हुन सक्छः (१) संसारका मानिसहरू, जसले परमेश्‍वरको केही वास्ता गर्दैनन् वा (२) परमेश्‍वरको केही वास्ता नगर्ने मानिसहरूले महत्त्वपूर्ण ठान्‍ने चिजहरू ।

कुनै मूल्यको हो

परमेश्‍वरको लागि “केही महत्त्वको ।”

नयाँ सृष्‍टि

यसको अर्थ यस्तो हुन सक्छः (१) येशू ख्रीष्‍टमा एउटा नयाँ विश्‍वासी वा (२) एउटा विश्‍वासीमा नयाँ जीवन

जिउने सबैमा अनि परमेश्‍वरको इस्राएलमा शान्ति र कृपा रहोस्

यसको अर्थ यस्तो हुन सक्छः (१) साधारणतया विश्‍वासीहरू परमेश्‍वरका इस्राएल हुन् (युडीबी हेर्नुहोस्) वा (२) “गैरयहूदी विश्‍वासीहरूमाथि शान्ति र कृपा रहोस् र इस्राएलमाथि परमेश्‍वरको शान्ति र कृपा रहोस्” वा (३) “नियम पालन गर्नेहरूमाथि शान्ति रहोस्, र इस्राएलमाथि परमेश्‍वरको कृपा रहोस्”

अनुवादका शब्‍दहरू