Door43-Catalog_ne_tn/gal/05/intro.md

5.4 KiB

गलातीहरू ०५ सामान्य टिपोटहरू

संरचना र ढाँचा

पावलले मोशाको व्यवस्थालाई कोही व्यक्तिलाई पासोमा फसाउने वा कमारो बनाउने केही कुराको रूपमा बताउनलाई निरन्तरता दिन्छन् । (हेर्नुहोस्ः rc://*/tw/dict/bible/kt/lawofmoses)

यस अध्यायमा भएका विशेष अवधारणाहरू

आत्माको फल

धेरै विद्वानहरूले अवलोकन गरेका छन् कि “आत्माको फल” भन्‍ने पदावली, थुप्रै चीजहरूको सूचीको साथमा सुरु भएतापनि, त्यो एकवचन हो र बहुवचन होइन । यदि सम्भव हुन्छ भने अनुवादमा एकवचनको रूप एकवचनमै रहनुपर्छ । यसरी अनुवाद नगर्नुहोस्ः “आत्माका फलहरू हुन्”, सहमतिमा ल्याउनलाई जोड दिने प्रयासमा । (हेर्नुहोस्ः rc://*/tw/dict/bible/other/fruit)

यस अध्यायमा भएका महत्त्वपूर्ण भाषाका अलङ्कारहरू

चित्रणहरू

पावलले उनका बुँदाहरूलाई प्रस्‍टसँग चित्रण गर्न थुप्रै अलङ्कारहरूको प्रयोग गर्छन् । दौड दौडिने र खमिर चाहिँ जटिल रहेका विषयहरूलाई व्याख्या गर्नलाई सहायता गर्न उनले यस अध्यायमा प्रयोग गरेका दुई अलङ्कारहरू हुन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

यस अध्यायमा भएका अनुवादका अन्य सम्भाव्य कठिनाइहरू

शरीर

यो एउटा जटिल विषय हो र यो सम्भव छ कि “शरीर” चाहिँ कुनै व्यक्तिको पापपूर्ण चरित्रको लागि एउटा अलङ्कार हो । यो मानिसको शारीरिक भाग होइन जुन पापपूर्ण हुन्छ र पावलले यस्तो सिकाइरहेको जस्तो देखिन्छ कि जबसम्म मानिस जीवित रहन्छ (शरीरमा), ऊ आफ्नो प्रयासको बाबजुद पनि पापपूर्ण नै रहन्छ, तर उसको नयाँ स्वभाव उसको पुरानो स्वभावको विरुद्धमा लडिरहेको हुनेछ । शरीरलाई यहाँ आत्मिक रहेको कुराको विपरीतमा भएको कुरा जसरी देखाउनलाई यस अध्यायमा प्रयोग गरिएको छ । (हेर्नुहोस्ः rc://*/tw/dict/bible/kt/flesh)

“तिमीहरू ख्रीष्‍टबाट अलग गरिएका छौ, तिमीहरू सबै जो व्यवस्थाद्वारा “धर्मी ठहराइएका” छौ । तिमीहरू अनुग्रहबाट तल खसेका छौ ।”

केही विद्वानहरूले विश्‍वास गर्छन् कि यस प्रकारको कार्यले कोही व्यक्तिलाई उसको उद्धार गुमाउन लगाउँछ भनेर पावलले सिकाउँछन् । यो बढी सम्भव छ कि यी मानिसहरू कुनै नियम जसरी अनुग्रहबाट तर्केर गएका छन्, र त्यसलाई व्यवस्थासँग साटका छन् । (हेर्नुहोस्ः [[rc:///tw/dict/bible/kt/grace]]) यूएलबीका लेखकहरूले यो एउटा परिकल्पित परिस्थिति हो र कोही पनि व्यवस्थाद्वारा धर्मी ठहरिन सक्दैन भनेर सङ्केत गर्नलाई “धर्मी ठहराइएका” भन्‍ने पदावलीलाई उद्धरण चिन्हहरूभित्र राख्‍नलाई रोजेका छन् । (हेर्नुहोस्ः [[rc:///tw/dict/bible/kt/justify]] अनि rc://*/ta/man/translate/figs-hypo)

सम्बन्धित खण्‍डहरूः

<< | >>