Door43-Catalog_ne_tn/gal/01/11.md

2.1 KiB

जोड्ने कथन:

पावलले वर्णन गरे कि उनले अरूबाट सुसमाचार सिकेन; उनले यो कुरा येशू ख्रीष्टबाट सिकेका थिए।

भाइहरु

तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् Galatians 1:2.

मानिसको सुसमाचार होइन

यो वाक्यांश प्रयोग गरेर, पावलले येशू ख्रीष्ट आफैं मानव होइनन् भनेर भन्न खोजिरहेका थिएनन्। किनकि ख्रीष्ट मानिस र परमेश्वर दुबै हुनुहुन्छ, तर उहाँ पापी हुनुहुन्न। सुसमाचार कहाँबाट आएको हो भनेर पावलले लेखिरहेका छन्; कि यो अन्य पापी मानिसहरुबाट आएको होइन, तर येशू ख्रीष्टबाट आएको हो।

मलाई यो येशू ख्रीष्‍टको प्रकाशद्वारा दिइएको थियो

यसको अर्थ हुन्छ, “येशू ख्रीष्‍ट आफैँले मलाई सुसमाचार प्रकट गर्नुभयो” वा “परमेश्‍वरले मलाई येशू ख्रीष्‍ट को हुनुहुन्छ भनेर देखाउनुहुँदा यो सुसमाचार जान्‍न दिनुभयो ।”

अनुवादका शब्‍दहरू