Door43-Catalog_ne_tn/gal/01/08.md

3.4 KiB

प्रचार गरे तापनि

यसले नघटेको र घट्न नहुने कुराको व्याख्या गरिरहेको छ । वैकल्पिक अनुवादः “घोषणा गरे भने” वा “घोषणा गर्नु परे तापनि ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-hypo)

… भन्दा बाहेक … अर्को सन्देश

“त्यो सुसमचारभन्दा फरक” वा “त्यो सन्देशभन्दा फरक”

त्यो श्रापित होस्

“परमेश्‍वरले त्यस व्यक्‍तिलाई दण्ड दिनुपर्छ जसले सधैँ झुटो सुसमचार प्रचार गर्दछ” (युडीबी हेर्नुहोस्) । यदि तपाईंको भाषामा कसैमाथिको श्रापलाई साझा रूपमा व्यक्‍त गर्ने कुनै तरिका छ भने, त्यसलाई यहाँ प्रयोग गर्नुहोस् ।

के मैले अहिले मानिसहरू वा परमेश्‍वरको समर्थन खोजिरहेको छु र ? के मैले मानिसहरूलाई खुसी पार्न खोजिरहेको छु र ?

यी आलङ्कारिक प्रश्‍नहरूले “होइन” भन्‍ने जवाफको आशा गर्छ । वैकल्पिक अनुवादः “म मानिसहरूबाट स्वीकृति खोज्दिनँ, तर त्यसको सट्टामा परमेश्‍वरबाट स्वीकृति खोज्दछु । मैले मानिसहरूलाई खुसी पार्न खोजिरहेको छैनँ ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

यदि मैले अझै पनि मानिसहरूलाई खुसी पार्ने प्रयास गरिरहेको छु भने, म ख्रीष्‍टको दास होइनँ

“यदि” र “भने” भन्‍ने शब्दहरू कुनै तथ्यप्रति विपरीत हुन्छन् । वैकल्पिक अनुवादः “मैले अहिले पनि मानिसहरूलाई खुसी पार्न खोजिरहेको छैनँ; म ख्रीष्‍टको एक दास हुँ” वा “यदि मैले अझै पनि मानिसहरूलाई खुसी पार्न खोजिरहेको छु भने, म ख्रीष्‍टको दास हुनेछैनँ ।”

अनुवादका शब्‍दहरू