Door43-Catalog_ne_tn/eph/05/intro.md

3.7 KiB

एफिसीहरू ०५ सामान्य टिपोटहरू

संरचना र ढाँचा

केही अनुवादहरूले पुरानो करारका उद्धरणहरूलाई अलग राख्‍न रोज्‍छन् । यूएलबी र अरू धेरै अङ्ग्रजी अनुवादहरूले ५:१४ का पङ्क्तिहरूलाई अलग राख्‍छन्, जुन पुरानो करारलाई गरिएको एउटा उल्‍लेख हो ।

यस अध्यायमा भएका विशेष अवधारणाहरू

ख्रीष्‍टको राज्यको उत्तराधिकार

यो बुझ्‍नलाई कठिन हुने अवधारणा हो । किनभने यी सबै पापहरू माफ हुन सक्छन्, यो प्रस्‍ट हुनुपर्छ कि यहाँ कुरा गरिएको उत्तराधिकार भनेको अनन्त जीवन होइन । केही विद्वानहरूले, तापनि, विश्‍वास गर्छन् कि यी कुराहरू अभ्यास गरिरहनेहरूले अनन्त जीवनको हकदार हुन पाउनेछैनन् । “राज्यको उत्तराधिकार पाउने” भन्‍ने कुरालाई कुनै भविष्‍यको राज्यलाई उल्‍लेख गरेको कुराको रूपमा हेर्न बढी स्वभाविक भएको देखिन्छ । (हेर्नुहोस्ः [[rc:///tw/dict/bible/kt/forgive]], [[rc:///tw/dict/bible/kt/eternity]], [[rc:///tw/dict/bible/kt/life]] अनि [[rc:///tw/dict/bible/kt/inherit]])

यस अध्यायमा भएका अनुवादका अन्य सम्भाव्य कठिनाइहरू

पत्‍नीहरू हो, तिमीहरूका पतिहरूका अधीनमा रहो

विद्वानहरू यस खण्‍डको ऐतिहासिक र सांस्कृतिक सन्दर्भको प्रकाशमा यसलाई कसरी बुझ्‍ने भनेर विभाजित छन् । केही विद्वानहरू विश्‍वास गर्छन् कि पुरुष र स्‍त्री सबै कुरामा पूर्ण रूपले बराबर छन् (समतावाद भनेर जानिएको) । अरू विद्वानहरूले विश्‍वास गर्छन् कि पुरुष र स्‍त्रीलाई विवाह र मण्‍डलीमा प्रस्‍ट रूपमा रहेका फरक भूमिकाहरूमा सेवा गर्नलाई सृष्‍टि गरिएको थियो (पूरकवाद भनेर जानिएको) । कोही व्यक्तिको यस विषयको बुझाइले यो खण्‍ड कसरी अनुवाद हुन्छ भन्‍ने कुरालाई असर गर्न सक्छ ।

सम्बन्धित खण्‍डहरूः

<< | >>