Door43-Catalog_ne_tn/eph/05/25.md

3.9 KiB

सामान्य जानकारीः

यहाँ शब्दहरू “आफ्नै” वा “उहाँ” ले ख्रीष्‍टलाई जनाउँछन् । शब्द “उस” ले मण्डलीलाई जनाउँछ ।

आफ्ना पत्‍नीहरूलाई प्रेम गर

यहाँ शब्द “प्रेम” ले निस्वार्थ सेवा वा पत्‍नीहरूलाई प्रेम दिने कुरालाई जनाउँछ ।

आफैँलाई मण्डलीको निम्ति समर्पित गर्नुभयो

“उहाँले मानिसहरूलाई आफूलाई मार्न दिनुभयो”

उहाँले तिनलाई वचनको पानीले धोएर शुद्ध पार्नुभयो

सम्भाव्य अर्थहरू हुन् (१) परमेश्‍वरले ख्रीष्‍टका मानिसहरूलाई उहाँको वचन र ख्रीष्‍टमा पानीको बप्‍तिस्माद्वारा शुद्ध गर्नुभएको कुरालाई पावलले उल्लेख गरेका छन् वा (२) हामीले हाम्रो शरीरलाई पानीले धोएर सफा गरेजस्तै परमेश्‍वरले आफ्नो वचनद्वारा हामीलाई हाम्रा पापबाट आत्मिक रूपमा शुद्ध गर्नुभयो भन्‍ने कुरालाई पावलले बताइरहेका छन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

उसको निम्ति ... उसलाई पवित्र गर्न ... उसलाई ... शुद्ध पार्नुभयोः

पावलले विश्‍वासीहरूको समूहलाई ख्रीष्‍टले विवाह गर्नुहुने स्‍त्रीको रूपमा उल्लेख गरेका छन् । वैकल्पिक अनुवादः “हाम्रा निम्ति ... हामीलाई पवित्र गर्न ... हामीलाई ... शुद्ध पार्नुभयो” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

दागरहित वा चाउरी नभएको

पावलले मण्डलीलाई सफा र राम्रो अवस्थामा रहेको कपडाको रूपमा उल्लेख गरेका छन् । मण्डलीको शुद्धतालाई जोड दिएर बताउनको निम्ति पावलले एउटै अवधारणालाई दुई तरिकामा प्रयोग गरेका छन् । (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-metaphor]] अनि [[rc:///ta/man/translate/figs-doublet]])

पवित्र र दोषरहित

शब्द “दोषरहित” ले मूलतः “पवित्र” भन्‍ने अर्थ दिन्छ । पावलले मण्डलीको शुद्धतलाई जोड दिनको निम्ति यी दुई शब्दलाई सँगै प्रयोग गरेका छन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-doublet)

अनुवादका शब्‍दहरू