Door43-Catalog_ne_tn/eph/05/18.md

2.7 KiB

जोड्ने कथनः

विश्‍वासीहरूले कसरी जिउनुपर्छ भन्‍ने विषयमा भएका आफ्ना निर्देशनहरूलाई पावल अन्त्य गर्छन् ।

र दाखमद्यले नमात्तिओ

“दाखमद्य पिएर नमात्तिओ”

बरु, पवित्र आत्माले भरिओ

“बरु, तिमीहरू पवित्र आत्माद्वारा नियन्‍त्रित हुनुपर्छ”

भजनहरूमा र आत्मिक गीतहरूमा

सम्भाव्य अर्थहरू हुन् (१) “परमेश्‍वरको प्रशंसा गर्नको निम्ति सबै प्रकारका भजनहरू” लाई बुझाउन पावलले यी शब्दहरू प्रयोग गरेका हुन् वा (२) पावलले विशिष्‍ट प्रकारको सङ्गीतलाई सूचीकृत गरिरहेका छन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-merism)

भजनहरू

यी सायद पुरानो नियमको भजनसंग्रहका गीतहरू हुन् जुन विश्‍वासीहरूले गाए।

भजनहरू

यी प्रशंसा र उपासनाका गीतहरू हुन् जुन विश्‍वासीहरूका लागि गाउनको लागि विशेष रूपमा लेखिएको हुन सक्छ ।

आत्मिक गीतहरू

सम्भाव्य अर्थहरू हुन् (१) यी पवित्र आत्माले दिनुभएका गीतहरू हुन् वा (२) यस शब्दको अर्थ “भजनहरू” शब्दको अर्थजस्तै हो । यसैकारण, यसको निम्ति छुट्टै शब्द प्रयोग गर्न आवश्यक छैन । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-doublet)

अनुवादका शब्‍दहरू